बुढासब्बा गोल्डकपको २३ औ संस्करण फागुन १३ बाट

धरान । बुढासुब्बा गोल्डकपको २३ औं संस्करण फागुन १३ गतेदेखि हुने भएको छ ।
धरान फुटबल क्लबले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको मितिबारे जानकारी गराएको हो । कोभिड महामारीको कारण भएको आर्थिक संकटले गर्दा विगत २ वर्ष प्रतियोगिता हुन नसकेको पनि क्लबले जनाएको छ ।
२०५५ सालदेखि शुरु भएको प्रतियोगिता कोभिडको कारण २०७६ यता हुन सकेको छैन् । आर्थिक अभावको कारण २२ औ संस्करणका विजेता तथा उप विजेता को पृुरस्कार समेत केही दिन अगाडी मात्र दिएको क्लबका अध्यक्ष किशोर राईले बताए ।
गोल्डकपको यस संस्करण भने नेपालका ए डिभिजन क्लब मध्येबाट नेपाल पुलिस क्लबले मात्र सहभागिता जनाउने भएको छ । प्रतियोगितामा पुलिससँगै आयोजक, दुई विदेशी टिम एभेनियर एफसी क्यामरुन, केबिपिएस वंगलादेश, बागमती युवा क्लब सर्लाही, केएफटिसि झापा, एन्फा मोरङको सहभागिता रहने छ ।
प्रतियोगिताको विजेताले ट्रफी सहित नगद १० लाख पाउनेछ भने उपविजेताले नगद ५ लाख पाउनेछ । विगतमा भने मोटरसाइकल दिदै आएको प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई यो पटक भने नगद १ लाख दिइने बताइएको छ ।
बिधागत उत्कृष्टलाई जनही २५ हजार पुरस्कार दिइनेछ । म्यान अफ दि म्याचलाई १० हजार पाउने र सर्वाधिक गोलकर्तालाई ३५ हजार पुरस्कार दिइने बताइएको छ ।













-1770799852128.png&w=3840&q=75)
