पीएसजीको संघर्षपूर्ण जित

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले संघर्षपूर्ण जित निकालेको छ ।
आइतबार राति भएको खेलमा पीएसजीले लिलमाथि ४-३ गोलको संघर्षपूर्ण जित निकालेको हो ।
घरेलु मैदानमा खेलको ११ औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए ।
१७ औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई २-० को अग्रता दिलाए ।
खेलको २४ औं मिनेटमा बाफोडे डियाकिटेले गोल गर्दै लिललाई २-१ को स्थितिमा ल्याए ।
जोनाथन डेभिडले ५८ औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै लिललाई २-२ गोलको बराबरीमा ल्याए ।
खेलको ६९ औं मिनेटमा जोनाथन बाबाले गोल गर्दै लिललाई ३-२ को अग्रता दिलाए ।
तर, खेलको ८७ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई ३-३ को बराबरीमा ल्याए ।
त्यसपछि खेलको इन्जुरी समयमा लियोनल मेस्सीले फ्रिकिक मार्फत गोल गर्दै पीएसजीलाई ४-३ को जित दिलाए ।
जितसँगै पीएसजीले २४ खेलमा ५७ अंक जोडेको छ ।
पीएसजी शीर्ष स्थानमा रहेको छ ।
लिल ४१ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।













-1770799852128.png&w=3840&q=75)
