शुक्रबार, ०१ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Loading ad...
Bhat Bhateni Supermarket Ad

प्रिन्सलाई ह्याट्रिक उपाधि

आइतबार, ०७ फाल्गुण २०७९खेलपाटी संवाददाता
प्रिन्सलाई ह्याट्रिक उपाधि
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल पुलिस क्लबका प्रिन्स दाहालले ‘लिनिङ्ग १२ औं पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिता – २०२३’ को एकलतर्फको उपाधि जितेका छन्  ।

नेपाल ब्याडमिन्टन संघको शीर्ष १६ वरीयता भित्र रहेका पुरुष एकलतर्फको फाइनलमा आइतबार आर्मीका प्रफुल महर्जनलाई पराजित गर्दै राष्ट्रिय च्याम्पियन प्रिन्सले उपाधि उचालेका हुन्।

प्रिन्सले प्रफुललाई २१–१४, २१–१७ ले पराजित गरे । पहिलो सेट सहज जित निकालेका दाहालले दोश्रो सेटमा १–८ ले पछि परेको अवस्थालाई सुधार गर्दै २१–१७ को जित निकाल्दै खेललाई आफ्नो पक्षमा पारेका थिए ।

प्रिन्सको ८ दिन भित्रमा यो प्रफुल माथिको दोश्रो जित हो । यस अघि ईटहरीमा सम्पन्न प्रथम मुख्यमन्त्री सरगमाथा राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगितामा पनि प्रफुललाई हराउँदै प्रिन्सले उपाधी उचालेका थिए । यस विधामा पुलिसका बिष्णु कटुवाल र आर्मीका रुकेश महर्जन संयुक्त तेश्रो भए ।

यस्तै प्रिन्सले यस प्रतियोगिताको लगातार तीन संस्करणको उपाधि जित्दै ह्याट्रिक पूरा गरेका छन् ।

उपाधिसँगै प्रिन्सले नगद ५० हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । यस्तै उपबिजयी प्रफुलले नगद ३० हजार र तृतीय स्थान प्राप्त गर्ने बिष्णु कटुवाल र रुकेश महर्जनले क्रमश १४ हजार र १२ हजार ५ सय सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । बिजयी खेलाडीहरुलाई पूर्व प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओलीले पुरस्कार वितरण गरेका थिए ।

नेकपा एमालेको भातृसंस्था नेपाल खेलकुद महसंघ अन्तरगत रहेको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको महिला शीर्ष १२ वरीयता भित्रको एकलतर्फ आर्मीकी अनुमाया राईले उपाधि जितिन् ।

८ दिन अघि ईटहरीमा सम्पन्न प्रथम मुख्यमन्त्री सगरमाथा राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिताकी उपाधी विजेता एपिएफकी जेशिका गुरुङलाई १८–२१, २१–१७, २१–६ ले पराजित गर्दै अनुमायाले उपाधी हात पारेकी हुन् । अनुको यो जितका साथ पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगितामा लगातार दोश्रो जित हो । यस विधाको तेश्रो स्थानमा राष्ट्रिय च्याम्पियन आर्मीकी रशिला महर्जन र प्राथना देउवा रहे ।

उपाधि अनुमायाले नगद ५० हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । यस्तै उपबिजयी जेशिका गुरुङले नगद २८ हजार ५ सय सहित मेडल, ट्रफी र प्रमाणपत्र, तृतीय स्थान हासिल गर्ने रशिला महर्जनले नगद १२ हजार ५ सय र प्राथना देउवाले नगद ११ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

लगातार तीन संस्करणमा जित हात पार्ने खेलाडीलाई राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालले स्कुटर प्रदान गर्ने घोषणा बमोजिम अर्को संस्करणको उद्घाटनका अवसरमा प्रिन्सलाई स्कुटर प्रदान गरिने छ ।

पुरुषको शिर्ष १६ बरियता देखि बाहेकको पुरुष एकलमा आर्मीका पविन लिनथेपलाई पराजित गर्दै एपिएफका सुजन थापाले उपाधी हात पारे । थापाले लिनथेपलाई २१–१५, २१–१३ ले पराजित गरेका थिए । आर्मीका हिमाल चन्द र एपिएफका प्रनिश सिंह ठकुरीले तेश्रो स्थानमा चित्त बुझाए ।

महिला शिर्ष १२ देखि बाहेकको एकल तर्फको खेलमा आर्मीकी बिश्ना बिष्टले झापाकी अन्जना राईमाथि १९–२१, २१–१९, २१–१९ को कठिन जित निकालदै उपाधी कब्जा गरेकी हुन् । पाँचथरकी रिना तामाङ र आर्मीकी टिशा रानी शाक्य संयुक्त तेश्रो भए ।

पुरुष यु १७ तर्फको प्रतिस्पर्धामा एपिएफका रोशन साउदले जित हात पार्दै उपाधी उचाले । साउदले फाईनलमा आर्मीका अनिल मल्ललाई २१–११, २१–१५ ले पराजित गर्दै उपाधी उचालेका हुन् । आर्मीका कविर के.सी. र दाङका सनौला रैनी संयुक्त तेश्रो भए ।

महिला यु १७ तर्फ आर्मीकी रिहाना शेरचनले आर्मीर्क टिशा रानी शाक्यलाई २१–१०, २१–१६ ले पराजित गर्दै उपाधी कब्जा गरिन् ।  कास्कीकी निभा राई र ताप्लेजुङ्गकी नुमा लिम्बुले संयुक्त तेश्रो स्थान प्राप्त गरे ।

पुरुष ४५ बर्ष माथिको प्रतिस्पर्धामा काठमाण्डौका संजय कपाली र श्याम लामाको जोडीले उपाधी जिते । कपाली र लामाको जोडीले कास्कीका राजेश गुरुङ र बाँकेका अनिल लाखेको जोडीलाई २२–२४, २१–१२, २१–१६ ले पराजित गर्दै उपाधी जितेका हुन् । सुनसरीका भजनलाल चौधरी र ईटहरीका सन्त तामाङ तथा बेलबारीका दीपक आङ्गदम्बे र मोरङका बिकास श्रेष्ठको जोडी संयुक्त तेश्रो भए ।

पुरुष ५५ बर्ष माथिको प्रतिस्पर्धामा पाँचथरका रामराज आङ्गदम्बे र संजय भक्तराजको जोडीले जित हात पार्दै उपाधी उचाले । फाईनलमा आङ्गदम्बे र भक्तराजको जोडीले कास्कीका रमेश भट्टचन र खोटाङका दीपक राईको जोडीलाई १७–२१, २१–११, २१–१० ले पराजित गरेका हुन् । बि.बि.सी.का केशव कार्की र आर.के. सिंहको जोडी तथा सुनसरीका गणेश राई र भोजपुरका दान बहादुर तामाङको जोडी संयुक्त तेश्रो भए ।

आर्मीका बिष्णु कटुवाल र प्रिन्स दाहालको जोडीले एपिएफका बिजीत थापा मगर र पुलिसका जीवन आचार्यको जोडीलाई पराजित गर्दै पुरुष युगल तर्फको उपाधि उचाले । बिष्णु र प्रिन्सको जोडीले बिजीत र जीवनको जोडीलाई १४–२१, २१–९, २१–१७ ले पराजित गरेका हुन् । आर्मीका प्रफुल महर्जन र रुकेश महर्जनको जोडी तथा कास्कीका विधान अधिकारी र पविन लिनथेपको जोडी संयुक्त तेश्रो भए ।

महिला युगलतर्फ एपिएफकी शोभा गौचन र पुलिसकी निता लम्सालको जोडीलाई पराजित गर्दै त्रिभुवन आर्मीका प्राथना देउवा र अनुमाया राईले उपाधी उचाले । देउवा र राईको जोडीले गौचन र लम्सालके जोडीलाई २१–१२, २१–१९ ले पराजित गरेका हुन् । तृतीय स्थानमा एपिएफका जेशिका गुरुङ्ग र सुनयना मुखियाको जोडी रहे ।

Loading ad...
LiNing Ad
प्रिन्सलाई ह्याट्रिक उपाधी

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
‘सी’ डिभिजनका ९ वटा क्लबले पाए मताधिकार

‘सी’ डिभिजनका ९ वटा क्लबले पाए मताधिकार

पराग अब राजस्थानको कप्तान

पराग अब राजस्थानको कप्तान

नेपाललाई पहिलो खेलमै पराजित

नेपाललाई पहिलो खेलमै पराजित

टुचेल सन् २०२८ सम्म इङ्ग्ल्यान्डको मुख्य प्रशिक्षक रहने

टुचेल सन् २०२८ सम्म इङ्ग्ल्यान्डको मुख्य प्रशिक्षक रहने

एपीएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा

एपीएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा

कठिन जित निकाल्दै  मच्छिन्द्र सेमिफाइनलमा

कठिन जित निकाल्दै मच्छिन्द्र सेमिफाइनलमा

इटालीसँग नेपालको लज्जास्पद हार

इटालीसँग नेपालको लज्जास्पद हार

नेपालको फितलो ब्याटिङ, इटालीलाई सामान्य लक्ष्य

नेपालको फितलो ब्याटिङ, इटालीलाई सामान्य लक्ष्य