मंगलबार, ०१ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Bhat Bhateni Supermarket Ad

प्रिन्स र जेशिका फाइनलमा

शनिबार, ०६ फाल्गुण २०७९खेलपाटी संवाददाता
प्रिन्स र जेशिका फाइनलमा
Classic Tech Internet Ad

काठमाडौं । नेपाल पुलिस क्लबका प्रिन्स दाहाल र एपिएफकी जेशिका गुरुङ विराटनगरमा जारी ‘लिनिङ्ग १२ औं पुष्पलाल स्मृती राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिता – २०२३’ को एकलतर्फ फाइनलमा प्रवेश गरेका छन् ।

नेपाल ब्याडमिन्टन संघको शीर्ष १६ वरीयता भित्र रहेका पुरुष एकलको सेमिफाइनलमा पुलिसका प्रिन्सले त्रिभुवन आर्मीका रुकेश महर्जनलाई २१–९, २१–१७ ले पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन् ।

अब उपाधिका लागि प्रिन्सले आर्मीका प्रफुल महर्जनसँग प्रतिस्पर्धा गर्ने छन् ।

प्रफुलले पुलिसका बिष्णु कटुवाललाई २१–१८, २१–७ ले पराजित गरेका थिए । हालै ईटहरीमा भएको प्रथम मुख्यमन्त्री सरगमाथा राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगितामा प्रफुललाई पराजित गर्दै प्रिन्सले उपाधि उचालेका थिए ।

यस्तै महिला शीर्ष १२ वरीयता भित्रको एकल तर्फ प्रथम मुख्यमन्त्री सगरमाथा राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिताकी उपाधि विजेता एपिएफकी जेशिका गुरुङले पुनः एक पटक राष्ट्रिय च्याम्पियन रसिला महर्जनलाई पराजित गर्दै फाइनल प्रवेश गरेकी छिन् । जेशिकाले आर्मीकी रसिलालाई १४–२१, २१–१६, २१–१२ ले पराजित गर्दै फाईनलमा आर्मीकी अनुमाया राई संगको भेट पक्का गरेकी हुन् । अनुले फाईनल प्रवेश गर्ने क्रममा आर्मीकै प्राथना देउवालाई २१–१२, २१–११ ले पराजित गरेकी हुन् ।

पुरुषको शीर्ष १६ वरीयता देखि बाहेकको पुरुष एकलमा आर्मीका पविन लिनथेप र एपिएफका सुजन थापा उपाधि नजिक पुगेका छन् । पविनले आर्मीकै हिमाल चन्दलाई २१–१९, १३–२१, २१–१९ ले तथा थापाले एपिएफकै प्रनिश सिंह ठकुरीलाई २१–१८, १७–२१, २१–६ ले पराजित गर्दै उपाधी भिडन्त पक्का गरेका हुन् ।

महिला शीर्ष १२ देखि बाहेकको एकल तर्फको खेलमा आर्मीकी बिष्णा बिष्टले पाँचथरकी रिना तामाङलाई २१–१५, २१–१३ ले पराजित गर्दै फाईनल प्रवेश गरेकी छिन् । अव उपाधीका लागि बिष्णाले झापाकी अन्जना राई संग प्रतिस्पर्धा गर्नेछिन् । राईले आर्मीकी टिशा रानी शाक्यलाई २१–६, २१–१३ ले पराजित गर्दै उपाधी निकट पुगेकी हुन् ।

पुरुष यु १७ तर्फको प्रतिस्पर्धामा एपिएफका रोशन साउद र आर्मीका अनिल मल्ल विच उपाधीका लागि प्रतिस्पर्धा हुने भएको छ । रोशनले आर्मीका कविर के.सी.लाई २१–१३, १९–२१, २१–१५ ले तथा मल्लले दाङका सनौला रैनीलाई २१–१५, २१–१५ ले पराजित गर्दै फाइनल यात्र तय गरेका हुन् ।

महिला यु १७ तर्फ आर्मीकी रिहाना शेरचनले कास्कीकी निभा राईलाई २१–१४, २१–१३ ले पराजित गर्दै उपाधीका लागि आर्मीकी टिशा रानी शाक्य संगको भेट पक्का गरेकी छिन् । शाक्यले ताप्लेजुङ्गकी नुमा लिम्बुलाई २१–१९, २१–११ ले पराजित गर्दै फाईनल प्रवेश गरेकी हुन् ।

पुरुष युगल तर्फको खेलमा एपिएफका बिजीत थापा मगर र पुलिसका जीवन आचार्यको जोडी फाईनल प्रवेश गरे । मगर र आचार्यको जोडीले आर्मीका प्रफुल महर्जन र रुकेश महर्जनको जोडीलाई १५–२१, २१–१९, २१–१३ ले पराजित गर्दै उपाधीका लागि पुलिसका बिष्णु कटुवाल र प्रिन्स दाहाल संगको भेट पक्का गरेका हुन् । कटुवाल र दाहालको जोडीले कास्कीका विधान अधिकारी र पविन लिनथेपको जोडीलाई २१–१०, २१–१८ ले पराजित गर्दै उपाधी निकट पुगेका हुन् ।

महिला युगल तर्फ एपिएफकी शोभा गौचन र पुलिसकी निता लम्सालको जोडी फाइनल प्रवेश गरेको छ । आर्मीकी रशिला महर्जन र अमिता गिरीको जोडी तथा आर्मीकी बिष्ण बिष्ट र कैलालीकी निलिमा महराको टिम खेल खेल्न असमर्थ भए पश्चात शोभा र निताले स्वतः फाईनल यात्रा तय गरेका थिए । अमिता गिरी र निलिमा महरा खेलका दौरान खुट्टामा चोट बोक्न पुगेका कारण खेल खेल्न असमर्थ भएका थिए ।

महिला एकल तर्फकै अर्को खेलमा आर्मीका प्राथना देउवा र अनुमाया राईको जोडी फाइनल प्रवेश गरे । देउवा र राईको जोडीले एपिएफका जेशिका गुरुङ्ग र सुनयना मुखियाको जोडीलाई २१–१९, २२–२० ले पराजित गर्दै उपाधी निकट पुगेका हुन् ।

पुरुष ४५ वर्ष माथिको प्रतिस्पर्धामा काठमाण्डौका संजय कपाली र श्याम लामाको जोडीले सुनसरीका भजनलाल चौधरी र ईटहरीका सन्त तामाङलाई २१–१५, २१–१५ तथा कास्कीका राजेश गुरुङ र बाँकेका अनिल लाखेले बेलबारीका दीपक आङ्गदम्बे र मोरङका बिकास श्रेष्ठको जोडीलाई २१–८, २१–१४ ले पराजित गर्दै फाईनल प्रवेश गरेका हुन् ।

पुरुष ५५ वर्ष माथिको प्रतिस्पर्धामा पाँचथरका रामराज आङ्गदम्बे र संजय भक्तराजको जोडीले जित हात पार्दै  फाइनल प्रवेश गरेका छन् । राम र संजयको जोडीले बि.बि.सी.का केशव कार्की र आर.के. सिंहको जोडीलाई २१–१९, २१–११ ले पराजित गरेका हुन् । अर्को खेलमा कास्कीका रमेश भट्टचन र खोटाङ्गका दीपक राईको जोडीले सुनसरीका गणेश राई र भोजपुरका दान बहादुर तामाङको जोडीलाई २१–१५, १०–२१, २३–२१ ले पराजित गर्दै फाईनल प्रवेश गरेका हुन् ।

Bajaj Pulsar Motorcycle Ad
प्रिन्स र जेशिका फाइनलमा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

सुविन र रिहान्ना च्याम्पियन

सुविन र रिहान्ना च्याम्पियन

Bajaj Pulsar Motorcycle Ad
भान डाइकको चाहना– सलाह लिभरपुलमै रहून्

भान डाइकको चाहना– सलाह लिभरपुलमै रहून्

जुडका भाइ जोबलाई दुई खेलमा प्रतिबन्ध

जुडका भाइ जोबलाई दुई खेलमा प्रतिबन्ध

अन्तिम खेलअगाबै एसिया कपबाट बाहिरियो नेपाल

अन्तिम खेलअगाबै एसिया कपबाट बाहिरियो नेपाल

विश्वकपअघि घानासँग मैत्रीपूर्ण खेल खेल्दै जर्मनी

विश्वकपअघि घानासँग मैत्रीपूर्ण खेल खेल्दै जर्मनी

मेसीलाई टी–२० विश्वकपको टिकट उपहार

मेसीलाई टी–२० विश्वकपको टिकट उपहार

भ्याली पब्लिक, टीआईए र गोल्डेनपिक च्याम्पियन

भ्याली पब्लिक, टीआईए र गोल्डेनपिक च्याम्पियन

एन्फा महिला च्याम्पियनसिपको उद्घाटन खेलमा एनआरटी र गाईघाट भिड्ने

एन्फा महिला च्याम्पियनसिपको उद्घाटन खेलमा एनआरटी र गाईघाट भिड्ने

एसिया कपको सेमिफाइनलमा पुग्ने नेपालको सम्भावना लगभग समाप्त

एसिया कपको सेमिफाइनलमा पुग्ने नेपालको सम्भावना लगभग समाप्त