नेपालको राम्रो सुरुआत

काठमाडौं । स्कटल्याण्ड विरुद्ध पहिले बलिङ गरिरहेको नेपालले राम्रो सुरुआत गरेको छ ।
स्कटल्याण्डले १५ ओभरको समाप्तीमा ३ विकेट गुमाएर ६० रन बनाएको छ । ७.४ ओभरमा नेपालले पहिलो विकेट लिएका हुन् । मल्लले स्कटल्याण्डका कप्तान रिचि बेरिङ्टनलाई आउट गराएका हुन् ।
११.१ ओभरमा कुशल मल्लले नै नेपाललाई दोस्रो सफलता दिलाएका थिए । मल्लले क्रिटोफर म्याकब्रिडलाई २२ रनमा आउट गराए ।
१४.५ ओभरमा म्याथ्यु क्रसलाई आउट गराए । सन्दीप लामिछानेले क्रसको विकेट लिएका हुन् ।
अहिले क्रिजमा टोमस म्याकिन्टोस र ब्राण्डन म्याकमुलन रहेका छन् । म्याकिन्टोसले १७ रन तथा मुलनले ० रन बनाएका छन् ।
टियु क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ । स्कटल्याण्डले सुरुआतमा ब्याटिङ गर्नेछ ।
नेपाली टोलीमा एक परिवर्तन भएको छ । नेपालको अघिल्लो खेलमा टिममा रहेका ललित नारायण राजवंशीको स्थानमा गुल्सन झाले स्थान बनाएका छन् ।
एकदिवसीय अन्तराष्ट्रियमा स्कटल्याण्डविरुद्ध नेपालले पहिलो पटक घरेलु भुमिमा खेल्न लागेको हो ।
तीन खेल अगावै विश्वकप लिग टूको बिजेता बनेको स्कटल्याण्डविरुद्ध नेपालको खेल हुदैछ ।
पहिलो खेलमा नामिबियालाई पराजित गरेका दुवै टोली आज दोस्रो जितको खोजीमा रहेका छन् । स्कटल्याण्डसँग पहिलो पटक घरेलु भुमीमा खेल्दै गरेको नेपाल जित निकाल्न चाहन्छ ।
स्कटल्याण्डविरुद्ध नेपालले एकदिवसीय अन्तराष्ट्रियमा चार खेल खेलेकोमा १ मा मात्र जित हात पारेको छ । त्यसकारण स्कटल्याण्ड नेपालका लागि सहज प्रतिद्वन्दी होईन ।
सिरिजमा नेपाल २५ खेलमा २० अंक जोडेर छैटौं स्थानमा रहेको छ । स्कटल्याण्ड ३३ खेलमा २३ मा जित र ८ मा हारका साथ ४८ अंकका साथ तीन खेल आगावै विश्वकप लिग टूको च्याम्पियन भईसकेको छ ।
नेपाली टोली -
रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, गुल्सन झा













