सोमबार, १४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

स्कटल्याण्डविरुद्ध नेपाल : हेड टु हेड

शुक्रबार, ०५ फाल्गुण २०७९खेलपाटी संवाददाता
स्कटल्याण्डविरुद्ध नेपाल : हेड टु हेड
Loading ad...
mustang rice ad

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको नेपाल सिरिजमा घरेलु टोलीले आज शुक्रबार स्कटल्याण्डसँग खेल्दैछ । 

३ खेल अगावै विश्वकप लिग टूको बिजेता बनेको स्कटल्याण्डविरुद्ध नेपालको खेल हुदैछ । टियु मैदानमा हुने खेल बिहान ९ बजेबाट सुरु हुनेछ । 

पहिलो खेलमा नामिबियालाई पराजित गरेका दुवै टोली आज दोस्रो जितको खोजीमा रहेका छन् ।

स्कटल्याण्डसँग पहिलो पटक घरेलु भूमिमा खेल्दै गरेको नेपाल जित निकाल्न चाहन्छ ।

नेपाल र स्कटल्याण्ड नयाँ प्रतिद्वन्दी भने होईनन् । नेपाल र स्कटल्याण्ड एकदिवसीय अन्तराष्ट्रियमा चार पटक खेलेका छन् । १ खेलमा नेपाल र ३ खेलमा स्कटल्याण्ड विजयी भएको छ । 

एकदिवसीय अन्तराष्ट्रियमा नेपाल र स्कटल्याण्डको पहिलो भेट १३ जुलाई २०२२ मा भएको थियो । विश्वकप लिग टू अन्तर्गतको खेलमा नेपाल ५ विकेटले विजयी भएको थियो ।

टस जितेर नेपालले पहिले फिल्डिङ राजे पछि पहिले ब्याटिङ गरेको घरेलु टोलीलाई नेपालले ४२.५ ओभरमा १ सय ४४ रनमा अलआउट गरेको थियो । खेलमा नेपालका तर्फबाट सोमपाल कामी र आदिल आलमले समान ३/३ तथा तत्कालिन कप्तान सन्दीप लामिछानेले २ विकेट लिएका थिए । 

१ सय ४४ रनको लक्ष्य नेपालले २५.१ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको थियो । नेपालका लागि ओपनर आसिफ शेखले ७१ रनको अर्धशतकीय ईनिङ खेलेका थिए । हालका कप्तान रोहित कुमार पौडेलले ३४ तथा कुशल भुर्तेलले २७ रन बनाएका थिए ।

स्कटल्याण्ड भएको सो सिरिजमा पुनः नेपाल र स्कटल्याण्डको भेट भएको थियो । ४ दिन पछि भएको खेलमा नेपाल ८ विकेटले पराजित भयो । टस हारेर नेपालले पहिले ब्याटिङ गरेकोमा ३५.५ ओभरमा १ सय २८ रन बनाएको थियो । 

नेपालका लागि आसिफ शेखले ४० तथा तत्कालिन कप्तान सन्दीप लामिछानेले २२ रन बनाएका थिए । १ सय २८ रनको सामान्य लक्ष्य स्कटल्याण्डले १९ ओभरमा २ विकेट गुमाएर पुरा गरेको थियो । बलिङ तर्फ नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले समान १/१ विकेट लिएका थिए ।

नेपाल र स्कटल्याण्डको तेस्रो भेट ४ डिसेम्बर २०२२ नामिबिया भ्रमणका क्रममा भएको थियो । ४ डिसेम्बर २०२२ मा भएको सो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । 

उक्त खेलमा टस हारेर नेपालले पहिले ब्याटिङ गरेको थियो । सधै कमजोर ब्याटिङको प्रदर्शन गरेको नेपालले ४० ओभर १ बलमा अलआउट हुदै १ सय ३७ रन बनाएको थियो । नेपालका लागि गुल्सन झाले २९ तथा ज्ञानेन्द्र मल्लले २५ रन बनाएका थिए । 

१ सय ३८ रनको लक्ष्य स्कटल्याण्डले ३२ ओभर १ बलमा ७ विकेट गुमाएर पुरा गर्यो । नेपालका लागि बलिङ तर्फ सागर ढकाल,ललित नारायण राजवंशी र गुलसन झाले समान २/२ विकेट लिएका थिए ।

नेपाल र स्कटल्याण्डको चौथो भेट ८ डिसेम्बर २०२२ मा नामिबिया भ्रमणका क्रममा भएको थियो । सो खेलमा नेपाल ८ विकेटले पराजित भएको थियो ।टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३५.३ ओभरमा अलआउट हुदै १ सय १९ रन बनाएको थियो । 

नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ४७ तथा सोमपाल कामीले १६ रन बनाएका थिए । सोमपाल कामी १६ रनमा आउट हुँदा दीपेन्द्र सिंह ऐरीले १४ रन बनाएका थिए । ललित राजवंशीले ११ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

१ सय २० रनको जितको लक्ष्यका साथ मैदान उत्रिएको स्कटल्याण्डले १७ ओभरमा २ विकेट गुमाएर लक्ष्य भेटेको थियो । नेपालका लागि गुल्सन झा र दीपेन्द्र सिंह ऐरीले समान १/१ विकेट लिएका थिए ।

Loading ad...
LiNing Ad
#स्कटल्याण्डविरुद्ध नेपाल : हेड टु हेट

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एकै खेलमा रिंकुको ५ क्याच

एकै खेलमा रिंकुको ५ क्याच

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

नेपालको मुस्किलको जित

नेपालको मुस्किलको जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सिमोन्सले यो सिजन गुमाउने

सिमोन्सले यो सिजन गुमाउने

उपाधितर्फ अझ नजिक इन्टर

उपाधितर्फ अझ नजिक इन्टर

एकै खेलमा रिंकुको ५ क्याच

एकै खेलमा रिंकुको ५ क्याच

चेल्सीलाई ८ वर्षपछि एफए कप उचाल्ने मौका

चेल्सीलाई ८ वर्षपछि एफए कप उचाल्ने मौका

६ टिमले लिए ८४ खेलाडी

६ टिमले लिए ८४ खेलाडी

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा