• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
नेपालको एकदिवसीय विश्वकपको छनोट खेल्ने सम्भावना कति ?
खेलपाटी संवाददाता
बिहीबार, फागुन ४, २०७९ खेलपाटी संवाददाता
नेपालको एकदिवसीय विश्वकपको छनोट खेल्ने सम्भावना कति ?

काठमाडौं । आइसीसी विश्वकप लिग टू त्रिकोणात्मक एकदिवसीय सिरिजको उपाधि स्कटल्याण्डले जितेको छ । २०१९ देखि आईसीसी लिग टू सुरुआत भएको हो । 

स्कटल्याण्डले यस सिरिजको तीन खेल अगावै उपाधि जितेको हो । 

विश्वकप लिग टू यसै वर्ष भारतमा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपको छनोट खेलका लागि भएको एक छनोट प्रतियोगिता हो । 

आईसीसी विश्वकप लिग टूमा नेपाल सहित ७ देश सम्मिलित रहेका थिए । यस सिरिजमा रहेको एक टोलीले ३६ खेल खेल्ने तालिका रहेको छ । ओमान , अमेरिकाले यस लिग टूका ३६ खेल नै पूरा गरिसकेका छन् । 

लिग टू का शीर्ष तीन टोली सोझै आईसीसी विश्वकप छनोट खेल्न पाउने छन् । बाँकी चार टोली र आईसीसी विश्वकप च्यालेन्ज लिगका दुई शीर्ष टोलीसँग आईसीसी विश्वकप छनोटप्लेअफ खेल्नेछन् । प्लेअफका शीर्ष दुई टोलीले विश्वकप छनोट खेल्न पाउने छ । 

लिग टू मा नेपालले ११, युएईले १०, नामिबियाले ४ र पपुवा न्युगिनीले ८ खेल खेल्न बाँकी छ । सबै खेलमा जित हासिल गरेमा पनि कुनै पनि टोलीको अंकमा स्कडल्याण्डको जति पुग्न सक्दैनन् । त्यसैले स्कटल्याण्ड तीन खेल अगावै च्याम्पियन बनेको हो । 

स्कटल्याण्ड ३३ खेलमा २३ मा जित र ८ मा हारका साथ ४८ अंकका साथ शीर्ष स्थानमा छ । शीर्ष स्थानमा रहेको स्कटल्याण्डले विश्वकप छनोटमा साृझै स्थान बनाउने छ । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा छ । शीर्ष तीनमा ओमान पनि रहने लगभग पक्का छ ।

नामिबिया ३२ खेलमा १८ मा जित र १३ मा हारका साथ ३७ अंकका साथ तेस्रो स्थानमा छ । नामिबियाको शीर्ष स्थानमा रहँदै सिधा छनोट खेल्ने सम्भावना प्रवल रहेको छ ।

नामिबियाले नेपाल र स्कटल्याण्डसँग समान ११ तथा यूएईसँग दुई खेल खेल्न बाँकी छ । अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । अमेरिकाले आफ्नो ३६ खेल समाप्त गरिसकेको छ । अमेरिकाले विश्वकप छनोटमा सिधै स्थान बनाउँन समेत असफल भएको छ ।

युएई २६ खेलमा १२ मा जित तथा ११ मा हारसहित २७ अंकका साथ पाँचौं स्थानमा छ । यूएईको पनि शीर्ष तीनमा रहेर सिधा विश्वकप छनोट खेल्ने सम्भावना प्रवल रहेको छ ।

नेपाल २५ खेलमा ९ मा जित र १४ मा हारसहित २० अंकका साथ छैटौं स्थानमा छ । शीर्ष ३ मा रहदै सीधा विश्वकप छनोट खेल्ने नेपालको सम्भावना झिनो रुपमा कायमै रहेको छ । पपुवा न्युगिनी २८ खेलमा २ मा जित र २५ मा हारसहित ५ अंक जोड्दै पुछारमा छ । पपुवा न्युगिनी विश्वकप लिग टूको शीर्ष ३ मा रहेर छनोट खेल्ने सम्भावनाबाट बाहिरी सकेको छ ।

नेपाल शीर्ष तीनमा पर्ने बाटो

नेपालले अब ११ खेल खेल्न बाँकी छ । सबै खेल जित्दा नेपालको ४२ अंक हुन्छ । ४२ अंकमा समीकरण हेर्दा नेपाल शीर्ष तीनमा पर्न सक्छ । तर, युएईले नेपालसँग बाकीँ रहेको चार खेल नै हार्नु पर्दछ । र, नामिबियाले कम्तीमा दुई खेल हार्नु पर्ने हुन्छ ।

नेपाल शीर्ष तीनमा पर्न नसके पनि नेपाल आईसीसी एकदिवसीय विश्वकप यात्राबाट भने बाहिरिदैन । नेपालले विश्वकप लिग टू का बाँकी पुछारका चार टोली र विश्वकप च्यालेन्ज लिग ए र बी का विजेतासँग छनोटको प्लेअफ खेल्नुपर्ने हुन्छ । विश्वकप लिग टूबाट पपुवा न्युगिनी र अमेरिकाले विश्वकप छनोट प्लेअफ खेल्ने पक्का भईसकेको छ ।

विश्वकप लिग टूको शीर्ष ३ मा रहेर वा प्लेअफको शीर्ष २ मा रहेर विश्वकप छनोटमा सहभागी हुने र १० टोली सहभागी रहने विश्वकप छनोटको शीर्ष २ मा रहेर विश्वकप खेल्ने नेपालको सम्भावना कायमै रहेको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
क्रेजी ब्याटर पन्त !
क्रेजी ब्याटर पन्त !
फेरि भारतबाट सुरु हुँदै नेपालको नयाँ अध्याय
फेरि भारतबाट सुरु हुँदै नेपालको नयाँ अध्याय
एसीसीले मंगोलिया, उज्बेकिस्तान र फिलिपिन्सलाई दियो सदस्यता
एसीसीले मंगोलिया, उज्बेकिस्तान र फिलिपिन्सलाई दियो सदस्यता
भारतलाई चोटको समस्या
भारतलाई चोटको समस्या
एसिया कप : भारतको निर्णय कुर्दै एसीसी
एसिया कप : भारतको निर्णय कुर्दै एसीसी
नम्बर ३ को ब्याटर खोज्दै भारत
नम्बर ३ को ब्याटर खोज्दै भारत
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
क्रेजी ब्याटर पन्त !
क्रेजी ब्याटर पन्त !
एजी १० डाना कपको फाइनलमा
एजी १० डाना कपको फाइनलमा
विश्व एक्वेटिक्स च्याम्पियनसिपमा ४ पौडी खेलाडीले प्रतिस्पर्धा गर्ने
विश्व एक्वेटिक्स च्याम्पियनसिपमा ४ पौडी खेलाडीले प्रतिस्पर्धा गर्ने
भारतीय राष्ट्रिय टिमको प्रशिक्षक बन्न जाभीको आवेदन !
भारतीय राष्ट्रिय टिमको प्रशिक्षक बन्न जाभीको आवेदन !
आर्मीको पुनरागमन जित
आर्मीको पुनरागमन जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP