काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भुर्तेलले आफ्नो शतकका साथ टिमलाई जित दिलाउन पाउँदा आफुलाई खुशीलागेको बताए ।
टियु मैदानमा भएको खेलमा नामिबियालाई पहिलो पटक नेपालले हराउँदा शतक प्रहार गरेका कुशलले खेल पछि पत्रकारहरुसँगको कुराकानीमा आफुले कीर्तिमानी शतक बनाएर टिमलाई जिताउँदा खुशी लागेको बताए ।
'खुशी छु पहिलो ओडिआई हन्ड्रेड हान्दा खुसि नै लागि हाल्छ । ओभरअल रुपमा टिमले पनि राम्रो टार्गेट चेज गरेको छ । हामीले लास्ट १२ खेलमा के के गर्ने भनेर कुरा भएको थियो त्यो आज सक्ससफुल भएको छ । आफुले राम्रो गर्ने भन्दा पनि टिमले राम्रो गर्दा खुसि लागेको छ,' कुशलले भने, 'टिमले रोल दिने हो । आजको खेलमा कोचले ओपन गर्ने रोल दिनु भएको थियो । मलाई अगाडीबाट नै थाहा थियो कि म ओपन गर्दै छु भनेर मलाई पनि ओपन गर्दा नै सहज फिल हुन्छ ।'
शतक हान्दा आफुलाई खुशी लागेको तर गेम लास्टसम्म लानु पर्ने मेरो जिम्मेवारी रहेको थियो । खेललाई अन्त नगरि आउट हुँदा भने दुख लागेको उनले बताए ।
'कोचले प्लान दिनु भएको थियो । हामीलाई थाहा थियो दोस्रो ईनिङमा विकेट राम्रो हुन्छ भनेर एकदुईटा राम्रो साझेदारीले गेम लाग्छ भन्ने थियो रोहित मेरो साझेदारी भयो ।' कुशलले भने 'टिममा सबैले एकअर्कालाई पुस गरिरहेका छौ । स्यान्डि पनि कति पछि आयो उसलाई पनि सर्पोट गरिराखेको छ ।कोचले हरेक कुरालाई पोजेटिभमा लानु हुन्छ । उहाँले हरेक कुरामा ब्याक गरिराख्नु भएको छ ।'
केही समय आफु खराब फर्ममा रहे पनि कुनै समय आउछ भनेर मेहेनत गरिरहेको समेत उनले बताए ।
कुशलले आज नामिबियाविरुद्धको खेलमा एकदिवसीय अन्तराष्ट्रियमा पहिलो शतक प्रहार गरेका थिए । यस्तै टी-ट्वान्टी अन्तराष्ट्रिय तथा एकदिवसीय अन्तराष्ट्रियमा शतक बनाउने भुर्तेल तेस्रो नेपाली खेलाडी हुन् ।
यस अघि पारस खड्का र दीपेन्द्र सिंह ऐरीले दुवैमा शतक प्रहार गरेका थिए । कुशल एकदिवसीय अन्तराष्ट्रियमा शतक बनाउने नेपालका पहिलो ओपनर पनि हुन् ।