काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टूको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिज अन्तर्गत नामिबियाविरुद्ध नेपालका ओपनर ब्याटर कुशल भुर्तेल प्लेयर अफ दि म्याच चुनिएका छन् ।
टियु क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपालले नामिबियालाई २ विकेटले हराएको थियो । नेपालको जितमा कुशलले उत्कृष्ट ब्याटिङ गरे ।
कुशलले शतकीय इनिङ खेलेपछि नेपालको जितको आधार तय भएको थियो । कुशलले १ सय १३ बलमा १ सय १५ रन बनाए ।
कुशलले १० चौका र ६ चौका प्रहार गरे ।
नेपालले एकदिवसीय अन्तराष्ट्रियमा पहिलो पटक नामिबियालाई हराएको हो । नेपालले पाँचौं खेलमा नामिबियालाई हराएको हो ।