काठमाडौं । नामिबियाविरुद्ध २ सय ८६ रन पछ्याएको नेपालले मध्यम सुरुआत गरेको छ ।
नेपालले १० ओभरमा विकेट गुमाएर ४७ रन बनाएको छ । क्रिजमा कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल रहेका छन् ।
मल्ल २० तथा भुर्तेल २१ रनमा क्रिजमा रहेका छन् । नामिबियाका लागि बेर्हाड स्कोल्टज्ले पहिलो विकेट लिए । आरिफ शेखलाई उनले शुन्य रनमा आउट गरेका हुन् ।
नामिबियाले टस हारेर पहिले ब्याटिङ गरेको थियो । नामिबियाले अन्तिम बलमा अलआउट हुँदै २ सय ८५ रन बनाएको थियो । नामिबियाका लागि माइकल भ्यान लिङ्गेनले सानदार शतक प्रहार गरे ।
उनले बलमा ११८ बलमा ६ चोका र ४ छक्काको मद्धतमा शतक पूरा गरेका हुन् ।
उनले १ सय ३३ रन बनाएका थिए । कप्तान ग्रेहार्ड इमास्मसले ५६ रनको अर्धशतकीय ईनिङ खेलेका थिए ।
एकदिवसीय अन्तराष्ट्रियमा नामिबियाविरुद्ध नेपालले पहिलो पटक घरेलु भुमिमा खेल्न लागेको हो ।
लिस्ट 'ए' मान्यता प्राप्त खेलमा भने २०१६ मा नेपाल र नामिबियाले नेपालमा खेलिसकेका छन् ।
२०१६ मा भएको दुई खेलमा दुवै खेल नेपालले जितेको थियो ।
नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फागुन ५ मा खेल्नेछ । नेपालले फागुन ६ मा नामिबियासँग दोस्रो खेल खेल्दा स्कटल्याण्डसँग फागुन ९ मा खेल्नेछ ।
सिरिजमा नेपाल २४ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा रहेको छ । नामिबिया ३० खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।