काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय सिरिज अन्तर्गत नेपालले अहिले नामिबियाविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
टियु क्रिकेट मैदानमा नामिबियाविरुद्ध नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ । नामिबियाले सुरुआतमा ब्याटिङ गर्नेछ ।
नामिबियाविरुद्ध पूर्व कप्तान सन्दीप लामिछाने सुरुआती-११ मा अटाएका छन् । सन्दीप करिब ५ महिनापछि नेपाली टोलीमा परेका हुन् ।
एक नाबालिकलाई बलात्कारको आरोप लागेपछि क्यानले सन्दीपलाई निलम्बन गरेको थियो । तर, मुद्दाको किनारा नलाग्दै क्यानले सन्दीपको निलम्बन फुकुवा गर्दै टिममा राखेको थियो ।