विद्या संस्कारको सहज जित
शुक्रबार, २१ मंसिर २०७५खेलपाटी संवाददाता

काठमाडौं । विद्या संस्कारले २३ औं फादर मोरान स्मृति आमन्त्रण अन्तरविद्यालय छात्र फुटबलमा शुक्रबार जित हात पारेको छ ।
विद्या संस्कारले ब्राइट फ्युचरलाई ६–१ ले सहजै पराजित गर्यो । विजयी टिमका लागि इरोज अधिकारीले २ तथा रविन यादव र आदित्य शाहले १–१ गोल गरे । बाँकी २ गोल आत्माघाती रह्यो । ब्राइट फ्युचरका विपिन मगरले सान्त्वना गोल गरे ।
त्यस्तै क्रेसेन्ट एकेडेमीले डोल्फिनलाई ३–० ले हरायो । क्रेसेन्टका निरज तामाङले २ तथा शिव थापा मगरले १ गोल गरे । सेन्ट जेभियर्स, जावलाखेल र सेन्ट जेभियर्स, झापाले गोलरहित बराबरी खेले ।





-1744388693-1773245134485.avif&w=3840&q=75)

-1771589331372.jpeg&w=3840&q=75)

-1775701512962.webp&w=3840&q=75)
-1775698893190.webp&w=3840&q=75)





