आत्मघाती गोलमा रियल पराजित
आइतबार, माघ २२, २०७९खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड पराजित भएको छ ।
आइतबार राति भएको खेलमा रियललाई मालोर्काले १-० गोल अन्तरले हराएको हो ।
मालोर्काको जितमा रियलका नाचोले आत्मघाती गोल गरे ।
नाचोले खेलको १३ औं मिनेटमा आत्मघाती गोल गरेका थिए ।
यस्तै खेलको ६० औं मिनेटमा रियलका मार्को एसेन्सियो पेनाल्टीमा गोल गर्न चुके ।
एसेन्सियोले बाहिर प्रहार गरे ।
यस हारसँगै रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दुरी कम गर्ने मौका गुमाएको छ ।
दोस्रो स्थानको रियलले २० खेलमा ४५ अंक जोडेको छ ।
बार्सिलोना ५० अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
मालोर्का २८ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।
आत्मघाती गोलमा रियल पराजित








-1763515978900.webp&w=3840&q=75)




