• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
मनाङको उडान कायम, मछिन्द्रलाई गोलको खडेरी
खेलपाटी संवाददाता
शुक्रबार, मंसिर २१, २०७५ खेलपाटी संवाददाता
मनाङको उडान कायम, मछिन्द्रलाई गोलको खडेरी

काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको छैटौं चरणका खेल बिहिबारबाट सकिएको छ । छैटौं चरणको अन्तिम दिन बिहिबार दुई खेल बराबरीमा सकिएको थियो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको पहिलो खेलमा उपाधि दाबेदार त्रिभुवन आर्मी क्लबले फ्रेन्ड्स क्लबसंग गोलरहित बराबरी खेल्यो । दोस्रो खेलमा मछिन्द्र क्लब र ब्रिगेड ब्वाइज पनि गोलरहित बराबरीमा रोकिएको थियो ।

सातौं चरणको खेलहरु शनिबारबाट सुरु हुनेछ । हल्चोकस्थित एपीएफ मैदानमा शनिबार हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र  हिमालयन शेर्पा क्लबले प्रतिस्पर्धा गर्नेछन् । दोस्रो खेलमा संकटा क्लबले न्युरोड टिम एनआरटीको सामना गर्नेछ ।

जारी 'ए' डिभिजन लिगको छैटौं चरणको खेल समाप्तिमा सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबले शतप्रतिशत जितलाई कायम राखेको छ ।  उपाधि होडलाई बलियो बनाउदै लगेको मनाङले ६ खेलबाट १८ अंक जोडेको छ ।

लिग लिडर मनाङले दोस्रो स्थानको रुस्लान थ्री स्टारलाई ३ अंकले पछि बनाएको छ । एक खेल गुमाएको थ्री स्टारले १५ अंक जोडेको छ । यस्तै १५ अंक जोडेर सिएमजी संकटा तेस्रो स्थानमा छ । जारी लिगमा संकटाले पनि एक खेल गुमाएको छ ।

लिगमा अपराजित रहेको आर्मीले बिहिबार बराबरी खेलेपछि उपाधि होडमा मनाङलाई दबाब दिन सकेन । फ्रेन्ड्ससंगको अप्रत्याशित बराबरीले आर्मीले अंक तालिकामा सुधार गर्न सकेन । फ्रेन्ड्ससंगको बराबरीले आर्मी १४ अंक जोडेर चौथो स्थानमा छ ।

लिगको छैटौं चरणका खेल सकिदासम्म मछिन्द्र क्लबले गोलको खाता खोल्न सकेको छैन् । जारी लिगमा गोल गर्न नसक्ने एक्लो टोली हो मछिन्द्र । छैटौं चरणको खेल सकिदा मछिन्द्रले गोल गर्न नसकेपनि लिगमा १ सय १ गोल पुरा भईसकेको छ ।

लिगको ६ खेल खेलमा मछिन्द्रले तीन खेल गोलरहित बराबरीमा खेलेको छ । तीन खेलमा भने पराजय व्यहोरेको छ । जसमा मछिन्द्रले ७ गोल खाएको छ ।

लिगमा खराब प्रदर्शन गरेपछि मछिन्द्रले मुख्य प्रशिक्षक पनि परिवर्तन गरेको छ । पहिलो तीन खेलमा धनेश्वर प्रजापतिले हेरेको मछिन्द्रलाई अहिले निशान श्रेष्ठले हेरिरहेका छन् ।

प्रशिक्षक निशानले मछिन्द्रको चुनौतीको रुपमा गोल गर्न नसक्नु बताईसकेका छन् । 'हामीले हालसम्म गोल गर्न सकेका छैनौं । हाम्रो मुख्य लक्ष्य गोल गर्नु रहेको छ,' निशानले भने  ।

छैटौं चरणको खेल सकिदा बलिया टोलीले नै जित निकाल्न संघर्ष गर्नु परिरहेको छ । उपाधि दाबेदार मनाङ र थ्री स्टारले जावलाखेल र सरस्वतीविरुद्ध जित निकाल्न संघर्ष गर्नु परेको थियो । जावलाखेलविरुद्ध मनाङले १–० को संघर्षपूर्ण जित निकाल्दा थ्री स्टारले सरस्वतीविरुद्ध २–१ को जित निकालेको थियो ।

छैटौं चरणमा विभागीय टोली एपीएफले दोस्रो जित निकाल्यो । एपीएफले एनआरटीलाई २–१ ले हराएको थियो । च्यासल युथ क्लबले दोस्रो जित दर्ता गर्ने क्रममा हिमालयन शेर्पा क्लबलाई २ –१ ले नै हरायो ।

संकटा क्लबले विभागीय टोली नेपाल पुलिस क्लबलाई २–१ ले नै हरायो । जितसंगै संकटाले लिगको तेस्रो स्थानमा आफुलाई सुरक्षित राख्न सफल भयो ।

लिगको छैटौं चरण सकिदा तीन खेलमा जित एक बराबरी र दुई हार व्यहोरेको नेपाल पुलिस र हिमालय शेर्पा क्रमशः पाँचौ र छैटौं स्थानमा रहेका छन् । च्यासल र एपिएफ ७ अंकका साथ सातौं र आठौं स्थानमा छन् ।

यस्तै सरस्वती ६ अंक जोडेर नवौं,  ५ अंक जोडेर फ्रेन्ड्स दशौं, ४ अंक जोडेर जावलाखेल ११ औं स्थानमा छन् । ब्रिगेड ब्वाइज ४ अंक जोडेर १२ औं स्थानमा रहदा ३ अंक जोडेको मछिन्द्र १३ औं स्थानमा छ । मात्र १ अंक जोडेको एनआरटी लिगको पुछारमा छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्वदेश फर्किइन् रेखा
स्वदेश फर्किइन् रेखा
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
टेलले अब टोटनह्यामबाटै खेल्ने
टेलले अब टोटनह्यामबाटै खेल्ने
प्रभावशाली बायर्न
प्रभावशाली बायर्न
पिएसजीको सानदार सुरुआत
पिएसजीको सानदार सुरुआत
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा पुग्यो खेल
तेस्रो सुपर ओभरमा पुग्यो खेल
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सुपर ओभरमा २० रनको लक्ष्य
सुपर ओभरमा २० रनको लक्ष्य
नेपाल र नेदरल्यान्ड्सबीचको खेल टाई
नेपाल र नेदरल्यान्ड्सबीचको खेल टाई
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP