• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
पञ्चोदय र पुलिस विजयी
खेलपाटी संवाददाता
शनिबार, माघ ७, २०७९ खेलपाटी संवाददाता
पञ्चोदय र पुलिस विजयी

धनगढी । धनगढीमा जारी दीपेन्द्र श्वार स्मृति डीसीए कप क्रिकेट अन्तर्गत शनिबार भएको खेलमा पञ्चोदय मावि र नेपाल पुलिस क्लबले जित हात पारेका छन् ।

नेपाल पुलिस स्कुलले धनगढी नमुना स्कुललाई ३६ रनले पराजित गर्यो । टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०४ रन बनाएको थियो । उसका जनक विष्टले ३६, शंकर बोहराले १९ र सन्तोस बलमे १४ रन जोडे । धनगढी नमूना इलेन सिंहले ४, जीवन कार्की र सागर मल्लले समान २–२ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको धनगढी नमूना स्कुलले १४.१ ओभरमा सबै विकेट गुमाएर ६८ रनमात्रै बनाउँन सक्यो ।

धनगढीका किरण कार्कीले ३२ बलमा ५ चौकासहित २८ रन जोडे । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन । पुलिसका प्रदीप सिंहले ४ विकेट लिए । खेलका म्यान अफ द म्याच पुलिसकै जनक विष्ट चुनिए ।

त्यसअघि शनिबार बिहान भएको खेलमा वेस्टर्न क्रिस्टल एकेडेमीलाई १ विकेटले हराउँदै पञ्चोदयले रोमाञ्चक जित हात पारेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको पञ्चोदलयका आकाश चौधरीले २४ रन जोडे । ४६ बलमा उनले ४ चौका प्रहार गरेका थिए । यस्तै सुरज कडायतले १२, सन्देश पौडेलले १०, रोशन साउदले ७ तथा सुधांशु रावलले ५ रन थपे ।

वेस्टर्न क्रिस्छलका सुवास बुढा, तुलाराम ढाट र पुष्कर सापकोटाले समान २–२ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको पन्चोदयले १५.१ ओभरमा ९ विकेट गुमाएर लक्ष्य भेटायो । उसका तुलाराम ढाटले १३, दीपेन्द्र साहले २३ र रोशन विकले ११ रन जोडे ।

पञ्चोदयका सुधांशु रावलले ४, सुरज कठायतले ३ तथा रोशन साउाद र पारस बुढाले १–१ विकेट लिए । खेलको म्यान अफ द म्याच पञ्चोदयका तुलाराम ढाट घोषित भए ।

माघ १६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ५० हजार तथा उपविजेताले ३० हजार पाउनेछ ।

यस्तै प्लेयर अफ द टुर्नामेन्टले ५ हजार नगदसहित डीसीएमा ४ महिनाको छात्रवृत्तिमा क्रिकेट सिक्न पाउने आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसीए)का व्यवस्थापक समुयल न्यौपानेले बताए ।

त्यसबाहेक वेस्ट बलर र बेस्ट ब्याटरले ३–३ हजार नगद र ३ महिनाको छात्रवृत्ति पाउनेछन् ।

डीसीएका पुर्व खेलाडी समेत रहेका दीपेन्द्र स्वारको सडक दुर्घटनामा निधन भएको थियो । आफ्नो छोराका स्मृतिमा परिवारले हरेक वर्ष उनको स्मृतिमा क्रिकेट प्रतियोगिता गर्दै आएको छ ।

एकेडेमीका व्यवस्थापक न्यौपानेले स्कुललेभल देखि नै ग्रासरुट क्रिकेटको विकासमा योगदान पुगोस भन्ने हेतुले स्कुल स्तरीय प्रतियोगिता आयोजना गरिएको बताए ।

प्रतियोगितालाई एसपीए कलेज, गुरुकुल एकेडेमी, गुरुजी सपिङ एण्ट सुटिङ, सिभिल बैंक, नवजीवन हस्पिटल तथा सौराई स्वायरलगायतले प्रायोजन गरि सहयोग गरेका छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टिमोर लेस्टे र जाम्बियालाई एसोसिएट सदस्यको मान्यता
टिमोर लेस्टे र जाम्बियालाई एसोसिएट सदस्यको मान्यता
डब्युसिएलमा भारत र पाकिस्तानबीच खेल रद्द
डब्युसिएलमा भारत र पाकिस्तानबीच खेल रद्द
क्यानलाई आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर अवार्ड प्रदान
क्यानलाई आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर अवार्ड प्रदान
टेस्टमा डेब्यू गर्न नपाइ अर्शदीप घाइते
टेस्टमा डेब्यू गर्न नपाइ अर्शदीप घाइते
त्रिवि क्रिकेट मैदानको काम नसक्ने ठेकेदार कम्पनीलाई दैनिक २ लाख जरिवाना !
त्रिवि क्रिकेट मैदानको काम नसक्ने ठेकेदार कम्पनीलाई दैनिक २ लाख जरिवाना !
इङ्ल्यान्डसँग भारत पराजित
इङ्ल्यान्डसँग भारत पराजित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
३ खेलको प्रतिबन्धपछि मैदान फर्किइन् सिम्रन
३ खेलको प्रतिबन्धपछि मैदान फर्किइन् सिम्रन
३ खेलपछि बिर्सनाले पुन: पाइन् कप्तानी जिम्मेवारी
३ खेलपछि बिर्सनाले पुन: पाइन् कप्तानी जिम्मेवारी
सुरूआती ११ मा तीन खेलाडी परिवर्तन
सुरूआती ११ मा तीन खेलाडी परिवर्तन
भुटानको २ जित, तेस्रो स्थान पक्का
भुटानको २ जित, तेस्रो स्थान पक्का
बंगलादेश भर्सेस नेपाल : दुई फरक लक्ष्यको भिडन्त
बंगलादेश भर्सेस नेपाल : दुई फरक लक्ष्यको भिडन्त
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP