काठमाडौं । सुदुरपश्चिम प्रदेशकी ब्याटर कविता कुँवर प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन् ।
इटहरीमा शनिबार सम्पन्न प्रतियोगितामा कविता सर्वोत्कृष्ट घोषित भएकी हुन् ।
कविताले सुदुरलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेकी थिइन् ।
शनिबार भएको फाइनलमा प्रदेश- लाई ६ विकेटले हराउँदै सुदुरपश्चिम च्याम्पियन बनेको थियो ।
सर्वोत्कृष्ट खेलाडी बनेकी कविताले ३० हजार नगद प्राप्त गरिन् ।
यस्तै कविता उत्कृष्ट ब्याटर समेत घोषित भईन् । उत्कृष्ट बलर सुदुरकै मनिष चौधरी घोषित भए ।
उत्कृष्ट ब्याटर र बलरले जनही २० हजार प्राप्त गरे ।
त्यस्तै कविता सुनसरी प्लेयर अफ द च्वाइस समेत घोषित भईन् । जसवापत कविताले स्कुटर प्राप्त गरिन् ।
नेपाल खेलकुद महासंघ र जिल्ला क्रिकेट संघ सुनसरीले सुनसरी प्लेयर अफ द च्वाइसलाई स्कुटर दिएको हो ।