सन्तोषले फ्रेन्ड्सविरुद्वको खेल गुमाउने
बुधबार, मंसिर १९, २०७५खेलपाटी संवाददाता

काठमाडौं । च्यासल युथ क्लबका स्ट्राईकर सन्तोष साहुखलले सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत फ्रेन्ड्स क्लबविरुद्वको खेल गुमाउने भएका छन् ।
छैटौ चरणको खेल अन्तर्गत हिमालन शेर्पाविरुद्व पहेलो कार्ड खाएका सन्तोषले दोहाेराे पहेलो कार्डका कारण फ्रेन्ड्सविरुद्वको खेल गुमाउने भएका हुन् ।
बुधबार भएको खेलमा हिमालयन शेर्पाविरुद्व जित निकाल्न गोल गरेको सन्तोषले दोस्रो हाफको इन्जुरी समयमा कार्ड आएका थिए । उनले खेलको ९५ औ मिनेटमा कार्ड ब्यहोरेका थिए ।
यसअघि, न्युरोड टिम एनआरटीलाई फराकिलो अन्तरले पराजित गर्ने क्रममा समेत सन्तोषले कार्ड ब्यहोरेका थिए । दोस्रो हाफको इन्जुरी समयको ९२ औ मिनेटमा उनले पहेलो कार्ड पाएका थिए । सो खेल च्यासलले ५–१ ले जितेको थियो ।
लगातार दुई पहेलो कार्ड खाएका सन्तोष सातौ चरणको खेलमा फ्रेन्ड्सविरुद्व मैदान उत्रने छैनन् ।







-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

