सोमबार, भदौ ३०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
  4. /
  5. आर्मी, पुलिस र एपीएफ सेमिफाइनलमा

आर्मी, पुलिस र एपीएफ सेमिफाइनलमा

२०२३ जनवरी १३, शुक्रबारखेलपाटी संवाददाता

आर्मी, पुलिस र एपीएफ सेमिफाइनलमा

काठमाडौं । तीन विभागिय टोली त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब र नेपाल पुलिस क्लब सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ सेमिफाइनलमा स्थान बनाउन सफल भएका छन् ।

शुक्रबार भएको क्वाटरफाईनल खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । पहिलो सेट २५–२२ ले आफ्नो पक्षमा पारेको आर्मीले दोश्रो सेट २१–२५ ले गण्डकीलाई सुम्प्यो । तेश्रो सेट २५–१० ले सहजै आफ्नो पक्षमा पारेको आर्मीले चौथो सेट सर्घर्षपूर्ण खेलमा २६–२४ ले आफ्नो पक्षमा पार्दै सेमिफाईनल यात्रा तय गरेको हो ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा अर्को विभागीय टोली एपीएफ पनि बागमतीको केशवलाल स्मृती भलिबल प्रशिक्षण केन्द्रलाई पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्न सफल भएको छ । एपीएफले केशवलाललाई २५–१४, २५–१९, २५–२० को सोझो सेटमा पराजित गर्दै सेमिमा स्थान बनाएको हो ।

यसै गरि अर्को विभागिय टोली नेपाल पुलिसले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । पुलिसले भारतीय खेलाडी सम्मिलित दावाँली मिलन केन्द्रलाई २५–१६, २४–२६, २५–१९ र २५–१८ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

नेपाल भलिबल संघको आयोजनामा भएको च्याम्पियनसिपको महिलातर्फ पनि आर्मी समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । समूह बी को आज भएको खेलमा आर्मीले एपीएफमाथि निकै रोमाञ्चक खेलमा ३–२ ले पराजित गर्दै समूह विजेता बन्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको आर्मीले दोश्रो र तेश्रो सेट १९–२५, १३–२५ ले गुमाउन पुग्यो । चौथो सेट २५–२२ र पाँचौ सेट १५–५ ले जित्दै समूह विजेता बनेको हो । यस्तै यसै समूहको आज भएको अर्को खेलमा गण्डकीले कृष्ण स्पोर्टस् एकेडेमीमाथि २५–८, २५–१०, २५–५ ले पराजित गर्दै लिगको लागि छनोट हुन सफल भएको छ ।

आर्मीपुलिस र एपीएफ सेमिफाइनलमा
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एभरेस्ट भलिबल लिगका बाँकी खेल तत्कालै नहुने

एभरेस्ट भलिबल लिगका बाँकी खेल तत्कालै नहुने

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

विदेशी खेलाडी स्वदेश फर्किन थाले

विदेशी खेलाडी स्वदेश फर्किन थाले

Bhat Bhateni
एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

नेपाली टोलीमा आदिलको पुनरागमन

नेपाली टोलीमा आदिलको पुनरागमन

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

नाटकीय लिभरपुल

नाटकीय लिभरपुल

जितको लयमा फर्कियो सिटी, संकटमै पुग्यो युनाइटेड

जितको लयमा फर्कियो सिटी, संकटमै पुग्यो युनाइटेड

बार्सिलोनाको आधा दर्जन गोल

बार्सिलोनाको आधा दर्जन गोल

पाकिस्तानमाथि भारतको सहज जित

पाकिस्तानमाथि भारतको सहज जित