मंगलबार, १५ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

नवौंमा पदक जितेका कर्णालीका खेलाडीले पाएनन् पुरस्कार

सोमबार, २५ पौष २०७९खेलपाटी संवाददाता
नवौंमा पदक जितेका कर्णालीका खेलाडीले पाएनन् पुरस्कार
Loading ad...
mustang rice ad

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशबाट पदक जितेका खेलाडीले घोषित पुरस्कार पाएका छैनन् । कर्णाली प्रदेशले नवौंमा पदक जित्ने खेलाडीलाई नगद सहित सम्मान गर्ने औपचारिक निर्णय गरेको थियो । तर प्रदेशमा निर्वाचन पश्चात नयाँ सरकार गठनको प्रक्रिया सुरु हुदाँ समेत खेलाडीले प्रतियोगिताको पुरस्कार रकम नपाएका हुन् ।

प्रदेश खेलकुद विकास परिषद्ले गण्डकी प्रदेशमा आयोजना भएको प्रतियोगितामा स्वर्ण जित्ने खेलाडीलाई जनही दुई लाख, रजत जित्ने खेलाडीलाई जनही १ लाख ५० हजार र कास्य पदक जित्ने खेलाडीलाई जनही १ लाख रुपैयाँ दिने निर्णय गरेको थियो ।

प्रदेश मुख्यमन्त्री जीवनबहादुर शाहीले नवौं राष्ट्रिय खेलकुदको ट्रफी अनावरण कार्यक्रममा प्रतियोगिता अघिनै कर्णालीले पुरस्कार रकम घोषणा गरेर खेलाडीको मनोबल बढाउने निर्णय गरेको सार्वजनिक रुपमा घोषणा गरेका थिए । तर अन्य अधिकांश प्रदेशले खेलाडीलाई नगद सहित सम्मान गरेपनि कर्णालीका खेलाडीले अझै पुरस्कार पाएका छैनन् ।

प्रदेश मुख्य मन्त्री जीवनबहादुर शाहीले पुरस्कार दिने विषय प्रक्रियामा रहेको र खेलाडीले चाँडै पुरस्कार वापतको रकम प्राप्त गर्ने बताउँछन् ।

‘सबैलाई थाहा छ, प्रतियोगिता लगत्तै चुनाव भयो । आचार संहिता लाग्यो । प्रक्रियाबाट जान पर्यो । यसले गर्दा समय लाग्यो ।’ उनले खेलपाटीसँग भने, ‘पुरस्कारको रकम भनेर छुट्याएको थिएन । अब कागजात समेत समयमै बन्न सकेन । त्यसले गर्दा ढिला भयो ।’

अधिकांश प्रदेशले नवौं राष्ट्रिय खेलकुदमा पदक विजेता खेलाडीलाई नगद सहित सम्मान गरिसकेका छन् । तर कर्णालीले अहिलेसम्म खेलाडीलाई पुरस्कार वापतको रकम सहित सम्मान कार्यक्रम गर्न सकेको छैन ।

प्रदेश खेलकुद विकास परिषद् कर्णालीका सदस्य सचिव विश्वमित्र सञ्जेलले खेलाडीलाई प्रोत्साहन गर्ने कुराको निर्णय सरकारले लिनुपर्ने बताउँछन् ।

‘कति जना खेलाडीले कति पदक ल्याए भन्ने विवरण सहित पुरस्कार रकम उल्लेख गरेर कात्तिक महिनामै परिषद्बाट सामाजिक विकास मन्त्रालयमा पठाएको हो । अहिलेसम्म सो विषय टुङ्गोमा नलाग्ने कारण थाहा पाउन सकेको छैन ।’ उनले भने, ‘कहिले आर्थिक मामिला मन्त्रालयले बजेट छैन भन्छ । कहिले सामाजिक विकास मन्त्रालयले बजेट ब्यवस्था नभएर मन्त्री परिषद्मा लैजान मिल्दैन भन्छ । यस विषयमा सरोकारवाला मन्त्रालय र मुख्यमन्त्रीलाई जानकारी गराएको छु ।’

‘आशा गरौं यही सरकारले निर्णय गरेर टुङ्गोमा पुग्नेछ ।’ उनले थपे ।

नवौं राष्ट्रिय खेलकुदमा कर्णाली प्रदेशले दुई स्वर्ण, चार रजत र १२ कास्य पदक जितेको थियो ।  उसुका दिपक हमाल र एथलेटिक्सका दुर्गबहादुर बुढाले ३ सय मिटर स्टिबल चियर्समा स्वर्ण पदक हात पारेका थिए । 

कर्णाली प्रदेशले दशौं राष्ट्रिय खेलकुद आयोजनाको जिम्मेवारी सहित पूर्वाधारको कामलाई द्रुत गतिमा अघि बढाएको छ । तर नवौंमा पुरस्कार सहित खेलाडी सम्मान गर्ने सन्दर्भमा प्रदेश सरकार उदासिन देखिएको छ ।

Loading ad...
LiNing Ad
नवौंमा पदक जितेका कर्णालीका खेलाडीले पाएनन् पुरस्कार

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

६ टिमले लिए ८४ खेलाडी

६ टिमले लिए ८४ खेलाडी

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

मिलिताओले विश्वकप गुमाउने

मिलिताओले विश्वकप गुमाउने

अपराजित रहँदै न्यु डायमन्ड फाइनलमा

अपराजित रहँदै न्यु डायमन्ड फाइनलमा

 मोड्रिच विश्वकप अघि नै फिट हुने अपेक्षा

मोड्रिच विश्वकप अघि नै फिट हुने अपेक्षा

सपना र सनम च्याम्पियन

सपना र सनम च्याम्पियन

च्याम्पियन्स लिग खेल्ने बाटोतिर युनाइटेड

च्याम्पियन्स लिग खेल्ने बाटोतिर युनाइटेड

एमबाप्पेले ‘एल क्लासिको’ खेल्नेमा आशंका

एमबाप्पेले ‘एल क्लासिको’ खेल्नेमा आशंका

सिमोन्सले यो सिजन गुमाउने

सिमोन्सले यो सिजन गुमाउने