काठमाडौं । विश्व नम्बर एक स्पेनिस टेनिस खेलाडी कार्लोस अल्कारेजले अष्ट्रेलियन ओपन गुमाउने भएका छन् ।
प्रि-सिजनको प्रशिक्षण दौरान खुट्टाको चोट बोकेपछि कार्लोसले अष्ट्रेलियन ओपन गुमाउने भएका हुन् ।
१९ वर्षीय कार्लोस विश्व नम्बर एक हुने कान्छो खेलाडी हुन् ।
गत सेप्टेम्बरमा उनले युएस ओपन जितेका थिए ।
अष्ट्रेलियन ओपन जनवरी १६ बाट सुरु हुँदैछ ।