रियल अन्तिम १६ मा
बुधबार, पुष २०, २०७९खेलपाटी संवाददाता

काठमाडौं । रियल मड्रिड कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।
मंगलबार राति चौंथो श्रेणीको कासेरेन्यो सिपीलाई १-० गोल अन्तरले हराउँदै रियलले अन्तिम १६ मा स्थान बनाएको हो।
रियलको जितमा रोड्रिगोले निर्णायक गोल गरे ।
उनले खेलको ६९ औं मिनेटमा गोल गरेका थिए ।
यस्तै लेभान्टेले गेटाफेलाई ३-२ ले हराएर अन्तिम १६ को यात्रा तय गरेको छ ।
स्पोर्टिङ गिजोनले रायो भालेकानोलाई २-० ले तथा एडी कुएटा एफसीले इल्चेलाई १-० ले हराएर अन्तिम १६ को यात्रा तय गरेको छ ।
रियल अन्तिम १६ मा













-1763309767672.webp&w=3840&q=75)