किरण मनाङको मुख्य प्रशिक्षक नियुक्त
सोमबार, पुष १८, २०७९खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मराक 'ए' डिभिजन क्लब मनाङ मर्स्याङ्दी क्लबले किरण श्रेष्ठलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ।
मनाङले सोमबार सामाजिक संजाल फेसबुकबाट श्रेष्ठलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
सहिद स्मारक 'ए' डिभिजन लिग नजिकिदै गर्दा मनाङले मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
'ए' डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ ।
मनाङ 'ए' डिभिजन लिगमा कीर्तिमानी आठ पटकको च्याम्पियन हो ।
अनुभवी प्रशिक्षक किरणले नेपाली राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षक भएर काम गरिसकेका छन् ।
किरण मनाङको मुख्य प्रशिक्षक नियुक्त












-1763309767672.webp&w=3840&q=75)
