आर्मीलाई हराउँदै संकटा सेमिफाइनलमा

पोखरा । संकटा फुटबल क्लबले २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ ।
पोखरा रंगशालामा सोमबार विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई ३-१ गोल अन्तरले हराउँदै संकटाले अन्तिम चारको यात्रा तय गरेको हो ।
संकटाको जितमा मेसुके, सुरज ज्यु ठकुरी र स्टेफन बिनोङले एक एक गोल गरे ।
आर्मीका नवयुग श्रेष्ठले एक गोल गरे ।
संकटाले एक गोलको अग्रता उल्टाएर आर्मीलाई हराएको हो ।
खेलको १४ औं मिनेटमा नवयुगले पेनाल्टीमा गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए ।
संकटाका निशान खड्काले आर्मीका दिनेश हेम्जनलाई फउल गर्दै लडाएपछि आर्मीले पेनाल्टी पाएको थियो । जसमा नवयुगले सहजै गोल गरे ।
तर, ३६ औं मिनेटमा मेसुकेले गोल गर्दै संकटालाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ७९ औं मिनेटमा सुरजले गोल गर्दै संकटाको अग्रता २-१ को बनाए ।
त्यसपछि खेलको इन्जुरी समयमा स्टेफनले गोल गर्दै संकटालाई ३-१ को जित दिलाए ।

हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् । यस्तै विधागततर्फ उत्कृष्ट पाँचले जनही २५ हजार, सर्वाधिक गोलकर्ताले २५ हजार र म्यान अफ द म्याचले ८ हजार पाउने
प्रतियोगितामा वचत रकम क्लबबाट संचालित सुर्य बहादुर के. सी. स्मृती सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ । हाल तेश्रो व्याचको एकेडेमीमा १० जिल्लाका १३ जना आश्रित रहेका छन् ।












-1763309767672.webp&w=3840&q=75)
