डिफेन्डर बेनोइट अनुबन्ध गर्दै चेल्सी
सोमबार, पुष १८, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले फ्रान्सका युवा डिफेन्डर बेनोइट बादियाशिललाई अनुबन्ध गर्ने भएको छ।
चेल्सीले डिफेन्डर बेनोइटलाई फ्रेन्च क्लब मोनाकोबाट अनुबन्ध गर्ने पक्का भएको हो ।
२१ वर्षीय डिफेन्डर अनुबन्धका लागि चेल्सीले ३४ मिलियन पाउण्ड खर्च गरेको बताईएको छ ।
चेल्सीले मेडिकलपछि बेनोइटलाई औपचारिक रुपमा सार्वजनिक गर्ने बताईएको छ ।
उनले मोनाकोका लागि १ सय ६ खेलमा ६ गोल गरिसकेका छन् ।
बेनोइटले फ्रान्सका लागि २ खेल खेलिसकेका छन् ।
डिफेन्डर बेनोइट अनुबन्ध गर्दै चेल्सी












-1763309767672.webp&w=3840&q=75)
