पीएसजीको पहिलो हार
सोमबार, पुष १८, २०७९खेलपाटी संवाददाता

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ ।
आइतबार राति भएको खेलमा पीएसजीलाई लेन्सले ३-१ गोल अन्तरले हराएको हो ।
लेन्सको जितमा प्रेजीमाइस्ल फ्रान्कोव्स्कीले पाँचौं मिनेटमा गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए ।
खेलको आठौं मिनेटमा हुगो एकिटिकेले गोल गर्दै पीएसजीलाई १-१ गोलको बराबरीमा ल्याए ।
२८ औं मिनेटमा लोइस ओपेन्डाले गोल गर्दै लेन्सलाई २-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ४७ औं मिनेटमा एलेक्सिस माउरिसीले गोल गर्दै लेन्सलाई ३-१ को जित दिलाए ।
यस जितसँगै लेन्सले १७ खेलमा ४० अंक जोडेको छ ।
लेन्स दोस्रो स्थानमा रहेको छ ।
पीएसजी ४४ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ ।
पीएसजीको यो सिजनको पहिलो हार हो ।
पीएसजीको पहिलो हार












-1763309767672.webp&w=3840&q=75)
