बराबरीमा रोकियो चेल्सी
आइतबार, पुष १७, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी बराबरीमा रोकिएको छ ।
आइतबार राति भएको खेलमा चेल्सीले नटिङघम फरेस्टसँग १-१ गोलको बराबरी खेलेको हो ।
चेल्सीले सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा बराबरी खेल्नु परेको हो ।
खेलको १६ औं मिनेटमा रहिम स्टरलिङले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ६३ औं मिनेटमा सेर्जी औरिएरले गोल गर्दै फरेस्टलाई १-१ गोलको बराबरीमा ल्याए ।
यस बराबरीसँगै चेल्सीले १६ खेलमा २५ अंक जोडेको छ ।
चेल्सी आठौं स्थानमा रहेको छ ।
फरेस्ट १४ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।
बराबरीमा रोकियो चेल्सी












-1763309767672.webp&w=3840&q=75)
