टोटेनहमलाई एस्टनले हरायो
आइतबार, पुष १७, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले टोटेनहमलाई हराएको छ ।
आइतबार राति भएको खेलमा एस्टनले टोटेनहमलाई २-० ले हराएको हो ।
एस्टनको जितमा ईमी बुएन्डिया र डग्लास लुइजले एक एक गोल गरे ।
खेलको ५० औं मिनेटमा बुएन्डियाले गोल गर्दै एस्टनलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ७३ औं मिनेटमा लुइजले गोल गर्दै एस्टनलाई २-० को जित दिलाए ।
यस जितसँगै एस्टनले १७ खेलमा २१ अंक जोडेको छ ।
एस्टन १२ औं स्थानमा रहेको छ ।
टोटेनहम ३० अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
टोटेनहमलाई एस्टनले हरायो












-1763309767672.webp&w=3840&q=75)
