मनाङ छाडेका पुजन मछिन्द्रमा
आइतबार, १७ पौष २०७९खेलपाटी संवाददाता

काठमाडौं । मिडफिल्डर पुजन उपरकोटी सहिद स्मारक 'ए' डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबमा आबद्द भएका छन् ।
मनाङ मर्स्याङ्दी क्लब छाडेका पुजनले आहा रारा पोखरा गोल्डकप मछिन्द्रबाट खेलिरहेका छन् ।
चर्च ब्वाइज युनाईटेडविरुद्धको क्वाटरफाइनल खेलमा पुजन सुरुआती-११ मा रहदै मैदान उत्रिएका छन् ।
तर, मछिन्द्रले उनको अनुबन्धबारे केहि बताएको छैन ।

राष्ट्रिय टिमका मिडफिल्डर समेत रहेका पुजनले तीन वर्ष बिताएर मनाङ छाडेका हुन् ।
पुजनले सामाजिक संजाल फेसबुकबाट शुक्रबार मनाङ छाडेको जनाएका थिए ।
पुजन २०१९ मा मनाङमा आबद्द भएका थिए ।
मनाङबाट पुजनले 'ए' डिभिजन लिगको उपाधि जितेका थिए ।
'ए' डिभिजन लिग नजिकदै गर्दा पुजनले मनाङ छाडेका हुन् ।
मनाङ छाडेका पुजन मछिन्द्रमा










-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)


