काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना बराबरीमा रोकिएको छ ।
शनिबार राति भएको खेलमा बार्सिलोनाले स्पानियोलसँग १-१ गोलको बराबरी खेलेको हो ।
खेलको सातौं मिनेटमा मार्कोस अलन्सोले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ७३ औं मिनेटमा जोसेलुले पेनाल्टीमा गोल गर्दै स्पानियोललाई १-१ को बराबरीमा ल्याए ।
खेलमा दुबै टोली १० खेलाडीमा समेटिएको थियो ।
७८ औं मिनेटमा जोर्डी अल्बाले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा समेटिएको थियो ।
यस्तै ८० औं मिनेटमा भिनिसीएस सौजाले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएपछि स्पानियोल पनि१० खेलाडीमा समेटिएको थियो ।
बराबरीमा रोकिएपनि बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ ।
बार्सिलोनाले १५ खेलमा ३८ अंक जोडेको छ ।
स्पानियोल १३ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।