काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ ।
शनिबार राति भएको खेलमा सिटीले एभर्टनसँग १-१ गोलको बराबरीमा खेलेको हो ।
घरेलु मैदानमा सुरुआती अग्रता जोगाउन नसक्दा सिटी बराबरीमा रोकिएको हो ।
खेलको २४ औं मिनेटमा अर्लिङ हालाण्डले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ६४ औं मिनेटमा डिमराइ ग्रेले गोल गर्दै एभर्टनलाई १-१ गोलको बराबरीमा ल्याए ।

यस बराबरीसँगै सिटीले १६ खेलमा ३६ अंक जोडेको छ ।
सिटी दोस्रो स्थानमा रहेको छ ।
एभर्टन १७ खेलमा १५ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।
