काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले जित निकालेको छ ।
शनिबार राति भएको खेलमा युनाईटेडले उल्भ्सलाई १-० गोल अन्तरले हराएको हो ।
युनाईटेडको जित मार्कस राषफोर्डले निर्णायक गोल गरे ।
दोस्रो हाफमा मैदान छिरेका राषफोर्डले खेलको ७६ औं मिनेटमा गोल गरेका हुन् ।
जितसँगै युनाईटेडले १६ खेलमा ३२ अंक जोडेको छ ।
युनाईटेड चौंथो स्थानमा रहेको छ ।
उल्भ्स १३ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।