सीएभीए बिच भलिबल : नेपाल उपविजेता
शुक्रबार, पुष १५, २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपालको पुरुष बिच भलिबल टोली बंगलादेशमा भएको सीएभीए बिच भलिबल प्रतियोगितामा उपविजेता बनेको छ ।
बंगलादेशको कक्स बजारमा शुक्रबार बिहान भएको फाइनलमा माल्दिभ्ससँग २-० को सेटमा पराजित हुँदै नेपाल उपविजेता बनेको हो ।
मान बहादुर श्रेष्ठ र दिल बहादुर सुनारको जोडी रहेको नेपाललाई माल्दिभ्सले २१-१३ र २१-१९ ले हराएको हो ।
कोपिला उप्रेती र कमला पुनको जोडी रहेको नेपालको महिला टोली समेत उपविजेता बनेको थियो ।
महिलातर्फको फाइनलमा नेपाल श्रीलंकासँग २-० को सेटमा पराजित भएको थियो ।
सीएभीए बिच भलिबल : नेपाल उपविजेता













-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)