• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
रियल मड्रिडका पाँच सर्वकालीन महान डिफेन्डर को को हुन् ?
खेलपाटी संवाददाता
सोमबार, मंसिर १७, २०७५ खेलपाटी संवाददाता
रियल मड्रिडका पाँच सर्वकालीन महान डिफेन्डर को को हुन् ?

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिड विश्वकै उत्कृष्ट क्लबहरु मध्ये एक हो । एक सय बर्ष पुरानो इतिहास बोकेको रियलले युरोपियन क्लब फुटबलमा आफ्नो छुट्टै छाप बनाएको छ ।

सन् १९०२ मार्चमा स्थापना भएको रियलले घरेलु लिग ला लिगा ३३ पटक जितेर कीर्तिमान बनाएको छ । यस्तै रियलले १३ पटक युईएफए च्याम्पियन्स लिग जितेर कीर्तिमान बनाएको छ । त्यस्तै रियलले कोपा डेल रे, क्लब विश्वकप जस्ता ट्रफीहरु चुमिसकेको छ ।

रियलको सफलतामा खेलाडीहरुको मुख्य भूमिका रहेको छ । खेलाडीको मेहेनत र उच्च प्रदर्शनले नै रियलले ठुला ठुला सफलता हात पारेका हुन् । र, रियलको यस सफलतामा डिफेन्डरहरुको भूमिका समेत उच्च छ । मजबुत डिफेन्सकै कारण रियलले बिपक्षिलाई गोल गर्न नदिएर ठुला ठुला सफलता हात पारेको छ ।

रियलबाट विश्व फुटबलका उत्कृष्ट डिफेन्डरहरुले खेलेका छन् । तर, रियलबाट खेलेका केहि डिफेन्डरहरु खास छन् । जुन, डिफेन्डरलाई रियलले सर्वकालीन महान डिफेन्डरको रुपमा राख्ने गरेका छन् ।

आज हामी रियलका पाँच सर्वकालीन महान डिफेन्डरहरुको चर्चा गर्नेछौं । रियलले आफ्नो क्लबका लागि पाएका पाँच महान डिफेन्डरहरु को को हुन त ? सुची हेर्नुहोस् ।

 

५. सर्जियो रामोस

खेल:५७८

खेलेको बर्ष : २००५ देखी हालसम्म

Sergio Ramos

स्पेनिस डिफेन्डर रामोस हाल रियलका कप्तान हुन् । उनी सन् २००५ मा सेभियाबाट रियलमा आएका थिए । रामोस विश्वकै उत्कृष्ट डिफेन्डर मध्ये एक मानिन्छन् ।

रामोस रियलमा हरेक बर्ष उत्कृष्ट भुमिकामा देखिने गर्दछन् । उनलाई रियलमा उत्कृष्ट कप्तानको रुपमा समेत लिईन्छ । रामोस बिपक्षिको फरवार्डलाई रोक्न मात्र नभई गोल गर्न माहिर खेलाडी समेत हुन । रामोसले विश्व फुटबलमा उत्कृष्ट हेडरको रुपमा चिनाएका छन् ।

३१ बर्षिय रामोस रियल बाहेक अन्य क्लब जान चाहदैनन् । किनकी उनले  रियलमा एउटा बेग्लै पहिचान बनाई सकेका छन् । रामोसले रियलबाट चार पटक च्याम्पियन्स लिग, तीन फिफा क्लब विश्वकप, तीन युरोपियन सुपर कप, चार ला–लिगा, दुई कोपा डेल रे र तीन स्पेनिस सुपर कप जितेका छन् ।

४. जोसे सान्टामारिया  

खेल: ३३७

खेलेको बर्ष : १९५७/१९६६

José Santamaría

उरुग्वेमा जन्मिएर स्पेनबाट पनि खेलेका सेन्टर डिफेन्डर सान्टामारिया रियलको महान तथा उत्कृष्ट डिफेन्डरमा पर्ने गर्छन् ।

उरुग्वेकै नेसनलबाट क्लब फुटबल सुरुवात गरेका सान्टामारिया ५० देखि ६० को दशकमा उत्कृष्ट डिफेन्डर रहेका थिए । जतिबेला रियलमा फ्रान्सिस्को गेन्टो,अल्फ्रेडो डी स्टाफानो, हेक्टर रियल, पुस्कास जस्ता खेलाडीहरुले खेल्ने गर्थे ।

सान्टमारीया २८ बर्षको हुँदा सन् १९५७ रियल आएका थिए । र, सान्टमारीयाले रियल आएकै सिजन ला–लिगा र युरोपियन कप उपाधि जित्न सफल भएका थिए ।

सान्टमारीयाले आफ्नो जीवनमा दुई क्लबबाट मात्र खेले । उनले उरुग्वेको नेसनल र रियल मड्रिडबाट मात्र खेले । सान्टमारीयाले सन् १९६६ मा फुटबलबाट सन्यास लिएका थिए ।

सन्यासअघि सान्टमारीयाले रियलबाट पाँच ला–लिगा, चार युरोपियन कप, एक स्पेनिस कप र एक इन्टरकन्टिनेन्टल कप जितेका थिए ।

३. रोबर्टो कार्लोस

खेल : ५२७ खेलेको

खेलेको बर्ष : १९९६–२००७

Roberto Carlos

गति र बायाँ खुट्टाको पावर जुन धातुले बनाएको जस्तै थियो,  उनि थिए 'रोबर्टो  कार्लोस' । उनै पहिलो जेनेरेसनका ब्राजिलियन डिफेन्डर कार्लोसले रियलबाट खेल्दै आफुलाई महान डिफेन्डर भएको सिद्ध गरे ।

कार्लोस भन्ने वित्तिकै विश्व फुटबलमा मास्टर अफ फ्रिकिकको रुपमा चिनीने गर्छन्  । अट्याकिङ डिफेन्समा उत्कृष्ट प्रदर्शन गर्न सक्ने खेलाडी कार्लोसले करिब ११ बर्ष रियलमा बिताए । तर, रियलबाटै उनले धेरै कुरा पाए ।

सन् १९९६ मा इन्टर मिलानबाट रियल आएका कार्लोसले सन् २००७ मा क्लब छोडेका थिए । तर, कार्लोसले रियलमा सबैभन्दा धेरै खेल खेल्ने विदेशी खेलाडीको कीर्तिमानी नै बनाए ।

कार्लोस डिफेन्स मात्र हैन गोल गर्न पनि माहिर थिए । कार्लोसको फ्रिकिकलाई भगवानले दिएको सुन्दर गिफ्ट भन्ने समेत गरिन्छ । लामो दुरीको फ्रिकिकमा गोल गर्ने उनको खुबीको अहिले पनि चर्चा हुन्छ ।

कार्लोसले रियलबाट तीन युरोपियन कप,  दुई इन्टरकन्टिनेन्टल कप, एक युरोपियन सुपर कप,  चार ला–लिगा र तीन स्पेनिस सुपर कप जितेका थिए । जसमा उनले ४७ गोल समेत गरेका थिए ।

२. मिगुएल चेन्डो

खेल :४९७

खेलेको बर्ष : १९८२–१९९८

Chendo and Kim Joo-Sung

स्पेनिस डिफेन्डर चेन्डो एउटै क्लबबाट मात्र खेल्ने खेलाडी हुन् । उनले आफ्नो खेल जीवनको सुरुवात र अन्त्य समेत रियलबाट नै गरेका थिए । त्यसैले रियलका महान डिफेन्डरमा चेन्डो पर्ने गर्छन् ।

रियलको युथ टिमबाट सिनियर टोलीमा आएका चेन्डोले रियलको सिनियर टोलीमा करिब १६ बर्ष बिताए । त्यसैले चन्डोले रियलमा आफ्नो छुट्टै पहिचान बनाए ।

रियलले सन् १९९८ मा सातौँ पटक युरोपियन कप जितेपछि चन्डोले सन्यास लिएका थिए । ३६ बर्षको उमेरमा फुटबलबाट सन्यास लिएका चन्डोले रियलबाट एक युरोपियन कप,  दुई युईएफए कप, सात ला–लिगा, दुई स्पेनिस कप,  चार स्पेनिस सुपर कप र एक स्पेनिस लिग कप जितेका थिए ।

१. फर्नान्डो हिएरो

खेल : ६०१

खेलेको बर्ष : १९८९–२००३

Fernando Hierro

स्पेनिस सेन्टर डिफेन्डर हिएरो रियल मड्रिडको महान डिफेन्डरको पहिलो नम्बर आउने गर्छन् । किनकी हिएरो अन्य डिफेन्डर भन्दा फरक क्षमताका डिफेन्डर हुन् ।

डिफेन्डर हिएरोले रियलबाट ६०१ खेल खेल्दै १२७ गोल गरेका छन् । जुन एक डिफेन्डरका लागि मुस्किल कार्य हो । तर, हिएरोले भने आफुलाई फरक प्रमाणित गरे ।

हिएरो मैदानमा बल पोजिसन मिलाउन र टिमका खेलाडीलाई बल उपलब्ध दिलाउन माहिर मानिन्थे । हाल प्रशिक्षक रहेका हिएरो शारीरिकरुपमा समेत अब्बल खेलाडी थिए ।

सन् १९८९ मा रियल आएका हिएरोले २००३ रियल छाडेका थिए । तर, रियलमा जति रहे उनले आफुलाई फरक डिफेन्डर रहेको प्रमाणित गरे ।

सन् २००३ मा रियल छाडेर कतारी क्लब अल रायन गएका हिएरोले रियलबाट तीन युरोपियन कप, दुई इन्टर कन्टिनेन्टल कप, एक युरोपियन सुपर कप, पाँच ला–लिगा, एक कोपा डेल रे र चार स्पेनिस सुपर कप जितेका थिए ।

 

एजेन्सीको सहयोगमा 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बिर्तामोड सेमिफाइनलमा
बिर्तामोड सेमिफाइनलमा
शीर्ष डिभिजनमा उक्लिन भगवतीले अझै कुर्न पर्ने
शीर्ष डिभिजनमा उक्लिन भगवतीले अझै कुर्न पर्ने
ब्वाइज युनियनले टार्‍यो रेलिगेसन खतरा
ब्वाइज युनियनले टार्‍यो रेलिगेसन खतरा
रोनाल्डोका छोराले गरे अन्तर्राष्ट्रिय डेब्यु
रोनाल्डोका छोराले गरे अन्तर्राष्ट्रिय डेब्यु
मेसीले आफ्नो सबैभन्दा मनपर्ने गोलको भिडियो अक्सनमा राख्ने
मेसीले आफ्नो सबैभन्दा मनपर्ने गोलको भिडियो अक्सनमा राख्ने
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
umbro nepal
  • ताजा समाचार
  • खेल आज
रोयल्स र गोल्डेनगेटको जित
रोयल्स र गोल्डेनगेटको जित
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
बिर्तामोड सेमिफाइनलमा
बिर्तामोड सेमिफाइनलमा
शीर्ष डिभिजनमा उक्लिन भगवतीले अझै कुर्न पर्ने
शीर्ष डिभिजनमा उक्लिन भगवतीले अझै कुर्न पर्ने
लालीगुराँस र क्यान्भास विजयी
लालीगुराँस र क्यान्भास विजयी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP