श्रीलंकासँग पराजित नेपाल उपविजेता
बिहिबार, १४ पौष २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपालको महिला बिच भलिबल टोली बंगलादेशमा जारी सीएभीए बिच भलिबल प्रतियोगितामा उपविजेता बनेको छ ।
बंगलादेशको कक्स बजारमा बिहीबार भएको फाइनलमा श्रीलंकासँग २-० को सेटमा पराजित हुँदै नेपाल उपविजेता बनेको हो ।
कोपिला उप्रेती र कमला पुनको जोडी रहेको नेपाललाई श्रीलंकाले २१-११ र २१-११ ले हराएको हो ।
यस अघि नेपालले सेमिफाइनलमा उज्वेकिस्तानलाई २-० को सेटमा हराएर श्रीलंकासँगको भेट पक्का गरेको थियो ।
पुरुषतर्फ नेपालको टोली फाइनल प्रवेश गरेका छन् ।
पुरुषतर्फ मान बहादुर श्रेष्ठ र दिल बहादुर सुनारको जोडी रहेको नेपालले सेमिफाइनलमा किर्गिस्तानलाई २-० को सेटमा हराएर फाइनल स्थान बनाएको हो ।
श्रीलंकासँग पराजित नेपाल उपविजेता









-1766583817323.jpg&w=3840&q=75)



-1766541370309.webp&w=3840&q=75)
