सीएभीए बिच भलिबल : नेपाल फाइनलमा
बिहिबार, पुष १४, २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपालको पुरुष टिम बंगलादेशमा जारी सीएभीए बिच भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको गरेको छ ।
कक्स बजारमा बिहीबार भएको सेमिफाइनलमा किर्गिस्तानलाई २-० को सेटमा हराएर नेपाल फाइनल पुगेको हो ।
मान बहादुर श्रेष्ठ र दिल बहादुर सुनारको जोडी रहेको नेपालले किर्गिस्तानलाई २६-२४ र २१-१४ ले हराएको हो ।
नेपालको महिला टोली समेत फाइनलमा प्रवेश गरेको छ ।
सेमिफाइनलमा उज्वेकिस्तानलाई २-० को सेटमा हराएर नेपालको महिला टोली फाइनलमा पुगेको हो ।
कोपिला उप्रेती र कमला पुनको जोडी रहेको नेपालले उज्वेकिस्तानका सतिभोलदिभा र जमोलोभाको जोडीलाई २१-१२ र २१-१४ को सेटमा हराएको हो ।
अब नेपालले उपाधिका लागि श्रीलंकासँग खेल्नेछ । फाइनल बिहीबार दिउँसो ३ बजे सुरु हुनेछ ।
सीएभीए बिच भलिबल : नेपाल फाइनलमा













-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)