काठमाडौं । स्पेनको चौंथो डिभिजनको लिग क्लब कासेरेन्यो सिपीले मैत्रीपूर्ण खेलमा नेपालको गण्डकी-११ लाई पराजित गरेको छ ।
पोखरा रंगशालामा बुधबार भएको खेलमा कासेरेन्योले गण्डकी-११ लाई ३-० गोल अन्तरले हराएको हो ।
कासेरेन्योको जितमा कार्मेलो मोरा, मिगुएल एन्जल कारिलेरो गोन्जालेज र बेर्मुले एक एक गोल गरे ।
खेलको २३ औं मिनेटमा कार्मेलोले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ३० औं मिनेटमा मिगुएलले गोल गर्दै कासेरेन्योलाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ९० औं मिनेटमा बेर्मुले गोल गर्दै कासेरेन्योलाई ३-० को जित दिलाए ।

नेपालमा दुई मैत्रीपूर्ण खेल खेल्नका स्पेनको दोस्रो डिभिजनको क्लब नेपाल आएको हो ।
अब कासेरेन्योले बिहीबार दशरथ रंगशालामा काठमाडौं-११ सँग मैत्रीपूर्ण खेल खेल्नेछ ।
स्पेनस्थित नेपाली राजदुतावास, अखिल नेपाल फुटबल संघ, काठमाडौं जिल्ला फुटबल संघ र कास्की जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी गार्डेन फाउन्डेसनले कासेरेन्योको नेपाल भ्रमण आयोजना गरेको हो ।