सीएभीए बिच भलिबल : नेपालको विजयी सुरुआत
बुधबार, पुष १३, २०७९खेलपाटी संवाददाता

काठमाडौं । बंगलादेशमा जारी सीएभीए बिच भलिबल प्रतियोगितामा नेपालले विजयी सुरुआत गरेको छ ।
बंगलादेशको कक्स बजारमा बुधबार भएको पुरुषतर्फ नेपालले बंगलादेशलाई २-० को सेटमा हराएर सुखद सुरुआत गरेको हो ।
मान बहादुर श्रेष्ठ र दिल बहादुर सुनारको जोडी रहेको नेपालले बंगलादेशलाई २१-१८ र २१-१९ ले हराएको हो ।
पुरुषतर्फ बंगलादेश, नेपाल, भुटान, पाकिस्तान, भारत, माल्दिभ्स र किर्गिस्तान रहेको छ ।
महिलातर्फ पनि नेपालले उज्वेकिस्तानलाई २-० को सेटमा हराएर विजयी सुरुआत गरेको छ ।
महिलातर्फ आयोजक बंगलादेश, श्रीलंका, नेपाल र उज्वेकिस्तानको सहभागिता रहेको छ ।
सीएभीए बिच भलिबल : नेपालको विजयी सुरुआत













-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)