ब्लाइन्डले छाडे आयाक्स
बुधबार, पुष १३, २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेदरल्यान्ड्सका डिफेन्डर डेली ब्लाइन्डले आयाक्स छाडेका छन् ।
डच क्लब आयाक्सले डिफेन्डर ब्लाइन्डले क्लब छाडेको पुष्टि गरेको छ ।
३२ वर्षीय डिफेन्डरले सम्झौता ६ महिना बाँकी रहदै क्लब छाडेका हुन् ।
अब उनी फ्री ट्रान्सफरमा अन्य क्लब जाने छन् ।
ब्लाइन्ड २०१८ मा म्यानचेस्टर युनाईटेडबाट आयाक्स फर्किएका थिए ।
उनी आठ वर्षको उमेरमा आयाक्सको एकेडेमी भर्ना भएका थिए ।
ब्लाइन्डले आयाक्सका लागि दुई स्पेलमा ३ सय ३३ खेल खेलेका छन् ।
ब्लाइन्डले डच क्लबबाट ७ पटक लिगको उपाधि जितेका थिए ।
आयाक्सका लागि ब्लाइन्डले १३ गोल गरेका छन् ।
ब्लाइन्डले छाडे आयाक्स








-1763309767672.webp&w=3840&q=75)




