अन्जन चर्च ब्वाइजमा अनुबन्धित

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको नव प्रवेशी क्लब चर्च ब्वाईज युनाईटेडले राष्ट्रिय टिमका फरवार्ड अन्जन विष्टलाई अनुबन्ध गरेको छ ।
चर्च ब्वाइजले बुधबार फरवार्ड अन्जनलाई अनुबन्ध गरिएको जनाएको छ ।
२४ वर्षीय फरवार्डले चर्च ब्वाइजसँग एक वर्षको सझौता गरेका छन् ।
अनुबन्धित रकम खुलाईएको छ । तर, मासिक २ लाख बढी पाउने गरि उनी अनुबन्धित भएको बुझिएको छ ।
अन्जन मनाङ मर्स्याङ्दी क्लब छाडेर चर्च ब्वाइज आएका हुन् ।
राष्ट्रिय टिमका लागि ११ गोल गरिसकेका फरवार्ड अन्जन चार वर्ष बिताएर मनाङ छाडेका हुन् ।
अन्जनले सामाजिक संजाल फेसबुकबाट मंगलबार मनाङ छाडेको जनाएका थिए ।
अन्जन २०१८ मा मनाङमा आबद्द भएका थिए । मनाङ आउनु अघि अन्जनले एपीएफ क्लबबाट खेलेका थिए ।
मनाङबाट अन्जनले 'ए' डिभिजन लिगको उपाधि जितेका थिए ।
चर्च ब्वाइज 'बी' डिभिजन लिगको विजेता बन्दै शीर्ष डिभिजनमा उक्लिएको हो ।







-1763309767672.webp&w=3840&q=75)





