चेल्सीले बर्नेमाउथलाई हरायो
मंगलबार, पुष १२, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले एएफसी बर्नेमाउथलाई हराएको छ ।
मंगलबार राति भएको खेलमा चेल्सीले बर्नेमाउथलाई २-० गोल अन्तरले हराएको हो ।
चेल्सीलाई जित दिलाउन काइ हार्भट्ज र मासन माउन्टले एक एक गोल गरे ।
खेलको १६ औं मिनेटमा हार्भट्जले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको २४ औं मिनेटमा माउन्टले गोल गर्दै चेल्सीको जित सुनिश्चित पारे ।
यस जितसँगै चेल्सी १५ खेलमा २४ अंक जोडेको छ ।
चेल्सी आठौं स्थानमा रहेको छ ।
बर्नेमाउथ १६ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।
चेल्सीले बर्नेमाउथलाई हरायो







-1763309767672.webp&w=3840&q=75)





