युनाईटेडको सहज जित
बुधबार, पुष १३, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले सहज जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा युनाईटेडले नटिङघम फरेस्टलाई ३-० गोल अन्तरले हराएको हो ।
युनाईटेडको जितमा मार्कुस राषफोर्ड, एन्थोनी मार्सियल र फ्रेडले एक एक गोल गरे ।
खेलको १९ औं मिनेटमा राषफोर्डले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए ।
मार्सियलले २२ औं मिनेटमा गोल गर्दा युनाईटेड २-० ले अघि रह्यो ।
त्यसपछि खेलको ८७ औं मिनेटमा फ्रेडले गोल गर्दै युनाईटेडलाई ३-० को जित दिलाए ।
जितसँगै युनाईटेडले १५ खेलमा २९ अंक जोडेको छ ।
युनाईटेड पाँचौं स्थानमा रहेको छ ।
फरेस्ट १३ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।
युनाईटेडको सहज जित







-1763309767672.webp&w=3840&q=75)





