न्यु ब्वाइज एफसी च्याम्पियन
सोमबार, पुष ११, २०७९खेलपाटी संवाददाता

काठमाडौं । न्यु ब्वाइज एफसी दुबईले युएईमा आयोजना भएको जीबी होलिडे दोस्रो कास्की कप फुटबलको उपाधि जितेको छ ।
फाइनलमा युनाईटेड स्टार एफसीलाई १-० ले हराएर न्यु ब्वाइजले उपाधि जितेको हो ।
न्यु ब्वाइजलाई उपाधि दिलाउन सरोज कोइरालाले निर्णायक गोल गरे ।
उपाधिसँगै न्यु ब्वाइजले ४९९९ दिराम प्राप्त गरेको छ ।
प्रतियोगिताको मोस्ट भ्यालुएबल खेलाडी न्यु ब्वाइजका अभि लिम्बु चुनिए । न्यु ब्वाइजका बसन्त श्रेष्ठ उत्कृष्ट प्रशिक्षक चुनिदा फाइनलको म्यान अफ द म्याच न्यु ब्वाइजका प्रशान्त कार्की चुनिए ।
प्रतियोगितामा युएईमा रहेको १६ नेपाली क्लबको सहभागिता रहेको थियो ।
न्यु ब्वाइज एफसी च्याम्पियन






-1763309767672.webp&w=3840&q=75)






