बिहिबार, असोज २, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
  4. /
  5. सुदूरपश्चिममा स्कुल टु ओलम्पिक कार्यक्रम आयोजना

सुदूरपश्चिममा स्कुल टु ओलम्पिक कार्यक्रम आयोजना

२०२२ डिसेम्बर २६, सोमबारखेलपाटी संवाददाता

सुदूरपश्चिममा स्कुल टु ओलम्पिक कार्यक्रम आयोजना

कैलाली ।  विद्यार्थीहरुलाई खेल क्षेत्रमा आबद्ध हुन प्रोत्साहित गर्ने  उद्देशयका साथ स्कुल टु ओलम्पिक कार्यक्रम सुदूरपश्चिम प्रदेशबाट सुरु भएको छ ।

सात वटै प्रदेशमा आयोजना गर्ने लक्ष्य रहेको कार्यक्रम सुदूरपश्चिम प्रदेशबाट सुरु भएको बताइएको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषदको आयोजना तथा नेपाल ओलम्पियन्स संघको संयोजनमा सोमबार धनगढीमा भएको कार्यक्रममा स्थानिय धनगढीका सामुदायिक र निजी विधालयका विधार्थीहरुसँग ओलम्पियनहरुको अन्तरक्रिया भएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री गोविन्दराज बोहोराले खेलकुद क्षेत्रको विकास गर्नका लागि प्रदेश सरकारले काम गरिरहेको बताए । उनले स्कुल टु ओलम्पीक कार्यक्रमले खेलाडी उत्पादनमा टेवा पुग्ने बताए ।

स्कुल टु ओलम्पिक कार्यक्रममा ओलम्पीयनहरु बैकुण्ठ मानन्धर, दिपक विष्ट, डम्मर दत्त भट्ट, विष्णुवहादुर सिंह, देवु थापा, प्रमिला रिजालका साथै नेपाल राष्ट्रिय तथा अन्र्तर्राष्ट्रय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठले विभिन्न विद्यालयका विद्यार्थी र खेलाडीहरुसँग एकै मञ्चमा बसेर आफ्ना अनुभवहरु साटेका थिए ।

उनीहरुले आफ्नो खेलकुदको सुरुवातदेखि सफलतासम्मका संघर्ष, खेलकुद क्षेत्रले आफ्नो  जीवनमा  परेको प्रभावका  बारेमा  चर्चा गरेका थिए । अधिकांशले सफलताका लागि इच्छा शक्ति, लगनशिलता  र इमान्दारिता  आवश्यक रहहेको औल्याए । उनीहरुले जुन सुकै क्षेत्रमा  प्रवेश  गर्नका लागि पनि तीन  चिज  आवश्यक रहने उल्लेख गर्दै शिक्षा भने  अनिवार्य रहेको सुनाए  ।

खेलकुद क्षेत्रमा लाग्नका लागि नाम सुनेका र उनीहरुको बारेमा जानेका विद्यार्थीहरुले उनीहरुसँग कुराकानी गर्दै प्रश्नोत्तर समेत गरेका छन् । विद्यार्थीहरुले खेल क्षेत्रको अवस्था, विगत वर्तमान र भविष्यका साथै पारिवारिक बातारण, आर्थिक पाटो लगायत विभिन्न विषयमा प्रश्नहरु सोधे । उनीहरुका प्रश्नलाई ओलम्पियनहरुले क्रमशः जवाफ फाउने क्रममा खेलकुदमा आर्थिक दृष्टिकोषणले विगतमा भन्दा  सहज भएको बताए । कार्यक्रमको सहजिकरण हाम्रो खेलकुद डटकमका सम्पादक प्रकाश तिमिल्सेनाले गरेका थिए ।

कीर्तिमानी खेलाडीहरुसँग साक्षात्कार र भलाकुसारी गर्न पाउँदा विद्यार्थीहरु हर्षितसाथै उत्साहित  देखिन्थे । कार्यक्रम  प्रभावकारी भएकोर आगामी दिनमा यसले नतिजा ल्याउने प्याब्सन कैलालीका अध्यक्ष टोपेन्द्र शाहले बताए ।

धनगढी विद्यार्थीहरुमाँझ गरिएको कार्यक्रमलाई प्रदेशका अन्य जिल्लाहरुमा पनि पुराईने लक्ष्य राखिएको छ । यसपाली कैलालीका विद्यार्थीहरुसँग ओलम्पियनको छलफल गराउँदा यसले खेलकुद क्षेत्रको अवस्था बारेमा अवगत गराउन मद्दत मिलेको सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दीपकबहादुर सिंहले बताए । उनले आगाामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तता दिने जानकारी दिए ।

सुदूरपश्चिमबाट सुरुवात भएको कार्यक्रम सात वटै प्रदेशहरुमा खेलकुद परिषद्सँग समन्वय गरेर आयोजना गरिने नेपाल ओलम्पियन्स संघका अध्यक्ष दीपक विष्टले जानकारी दिए । धनगढीमा भएको कार्यक्रममा विभिन्न विद्यालयका झण्डै चार सय बढी विद्यार्थीको  सहभागिता थियो ।

कार्यक्रमको  अन्त्यमा प्याब्सन प्रदेश, कैलाली र धनगढी  नगर समितिले ओलम्पियनहरुलाई सम्मान  गरेका थिए । उद्योग वाणिज्य  संघ कैलालीले पनि ओलम्पियनहरुको स्वागतमा अलग्गै कार्यक्रम आयोजना गरेको थियो ।

सुदूरपश्चिममा स्कुल टु ओलम्पिक कार्यक्रम आयोजना
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विवादबीच २०औं एसियन गेम्समा नेपालको सहभागिता: ३२ खेलमा ४३४ खेलाडीको नाम दर्ता

विवादबीच २०औं एसियन गेम्समा नेपालको सहभागिता: ३२ खेलमा ४३४ खेलाडीको नाम दर्ता

नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् कार्की

नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् कार्की

स्पोर्ट्स अवार्ड स्थगित

स्पोर्ट्स अवार्ड स्थगित

Bhat Bhateni
नेपालको वरीयता यथावत्, साफमा पाकिस्तान सुध्रियो

नेपालको वरीयता यथावत्, साफमा पाकिस्तान सुध्रियो

एन्फा फुटसल निर्देशक महर्जनले दिए राजीनामा

एन्फा फुटसल निर्देशक महर्जनले दिए राजीनामा

खराब कीर्तिमानतिर आयुब

खराब कीर्तिमानतिर आयुब

नायक भान डाइक

नायक भान डाइक

इन्टर मिलानको जितमा थुरमको २ गोल

इन्टर मिलानको जितमा थुरमको २ गोल

उपाधि रक्षा यात्रामा पीएसजी

उपाधि रक्षा यात्रामा पीएसजी

रोनाल्डोबिनै अल–नासरको फराकिलो जित

रोनाल्डोबिनै अल–नासरको फराकिलो जित

सेमिफाइनलको ढोका खोल्न उत्रिँदै नेपाल

सेमिफाइनलको ढोका खोल्न उत्रिँदै नेपाल