किर्गिस्तान फाइनलमा
आइतबार, पुष १०, २०७९खेलपाटी संवाददाता

काठमाडौं । किर्गिस्तान बंगलादेशमा जारी बगबंन्धु एसियन यू-२३ सेन्ट्रल एसियन जोन अन्तराष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
ढाकामा आइतबार भएको पहिलो सेमिफाइनलमा श्रीलंकालाई ३-० को सोझो सेटमा हराएर किर्गिस्तान फाइनल पुगेको हो ।
किर्गिस्तानले श्रीलंकामाथि २९-२७,२५-२१ र २५-२० को सेटमा जित निकालेको हो ।
अब किर्गिस्तानले फाइनलमा बंगलादेश र नेपालबीचको विजेतासँग खेल्नेछ ।
श्रीलंकाले भने तेस्रो स्थानका लागि दोस्रो सेमिफाइनलमा पराजित हुने टोलीसँग खेल्नेछ ।
च्याम्पियनसिपमा आयोजक बंगलादेशसहित नेपाल, किर्गिस्तान र श्रीलंकाको सहभागीता रहेको छ ।
किर्गिस्तान फाइनलमा













-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)