सोमबार, २८ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

ब्यायाम मन्दिरद्वारा खेलकुद पत्रकार सहित विभिन्न ब्यक्तित्वहरुलाई सम्मान

शनिबार, ०९ पौष २०७९खेलपाटी संवाददाता
ब्यायाम मन्दिरद्वारा खेलकुद पत्रकार सहित विभिन्न ब्यक्तित्वहरुलाई सम्मान
mustang rice ad

काठमाडौं ।  शारीरिक सुगठनको जेष्ठ तथा मातृ संस्था नेपाल ब्यायाम मन्दिरले आफ्नो बार्षिक साधारण सभाको अवसरमा विभिन्न संचार तथा अन्य माध्ययमबाट संस्थाको विकास र विस्तारमा पु¥याएको योगदानको कदर गर्दै खेल पत्रकार, खेलाडी तथा विभिन्न ब्यक्तित्वहरुलाई शनिबार सम्मान गरेको छ ।

ज्याठास्थित मन्दिरले आफ्नो २२ औं साधारण सभाको अवसरमा आफ्नै हलमा आयोजित कार्यक्रममा विभिन्न संचार माध्यममा खेल पत्रकारीता मार्फत मन्दिरद्वारा आयोजना गरिने शारीरिक सुगठनको सवैभन्दा सम्मानित तथा सर्वाधिक पुरस्कार रासीको ‘धर्मश्री’ प्रतियोगिता एवं अन्य कार्यक्रम तथा खेलकुदको विकास र विस्तारमा समाचार सम्प्रेषण मार्फत प्रचार प्रसारमा सहयोग पु¥याए बापत पाँच  खेलकुद पत्रकारलाई सम्मान गरेको हो । सम्मानित हुने पत्रकारहरुमा समाचार पत्रका फिरोज राजोपाध्याय, राजधानी दैनिकका राजेन्द्र श्रेष्ठ, अन्नपूर्ण पोष्टका विष्णु थापा, अनलाईन खवरका कुशल तिमल्सिना र नेपाल टेलिभिजनका बासुदेव अवाल रहेका छन् । सम्मानित प्रत्येकले नगद १० हजार सहित सम्मान पत्र प्राप्त गरे । मन्दिरले विगत ४ बर्ष देखि खेलकुद पत्रकारलाई सम्मान गर्दै आईरहेको छ ।

यस्तै ब्यायाम मन्दिरले मन्दिरद्वारा आयोजना गरिएको ‘१६ औं धर्मश्री’ प्रतियोगिता तथा अन्य प्रतियोगितामा उत्कृष्टता प्रदर्शन गर्दै पदक हासिल गर्ने खेलाडीहरुलाई पनि सम्मान गरेको छ । १६ औं धर्मश्रीमा ५५ केजी तौलमा प्रथम र मालदिप्समा सम्पन्न ५४ औं एशियन शारीरिक सुगठन प्रतियोगितामा फिटनेश फिजिक्समा कास्य पदक प्राप्त गर्न सफल खेलाडी राजु राई र ‘१६ औं धर्मश्री’ प्रतियोगिता तथा पोखरामा आयोजना गरिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत भएको शारीरिक सुगठन प्रतियोगितामा ६० केजी तौल समूहमा प्रथम स्थान हासिल गर्ने डेभिड बलामीलाई नगद २० हजार सहित सम्मान पत्रले सम्मान गरेको हो । यसैगरि १६ औं धर्मश्री अन्तरगतको प्रथम मेन्स फिजिक्स विजेता अस्वत स्थापितलाई नगद ८ हजार, ६५ केजीमा दोश्रो स्थान हासिल गर्ने आशिष देवाजु र ८० केजी माथिको तौलमा दोश्रो स्थान हासिल गर्ने ग्रिस महर्जनलाई नगद ७ हजार, ७५ केजी तौलमा तेश्रो स्थान हासिल गर्ने आदित्य ठाकुरलाई नगद ५ हजार सहित सम्मान पत्रले सम्मान गरेको हो । कास्की स्ट्रेन्थ लिफ्टिङ्ग संघको आयोजनामा भएको फस्र्ट गण्डकी नेशनवाइड स्ट्रेन्थ लिफ्टिङ्ग आइविपी २०२२ मा ८५ केजी माथिको तौल समूहमा स्ट्रेन्थ लिफ्टिङ्ग र इनक्लाइन्ड बेन्च प्रेस गरि दुई विधमा नेपालकै वलिष्ठ स्ट्रेन्थ लिफ्टर बनेर प्रथम स्थान प्राप्त गर्न सफल खेलाडी सन्दिप के.सी.लाई ८ हजार नगद र पाकिस्तानस्थित विश्वकै दोश्रो र नवौं हिमाल आरोहण गरि नेपाल ब्यायाम मन्दिरको लोगो अंकित झण्डा र नेपालको झण्डा सहितको ब्यानर फहराएकोमा निङ्गमा तामाङलाई सम्मान पत्रले सम्मान गरेको हो ।

ब्यायाम मन्दिरले लामो समय देखि विभिन्न ओहदामा रहेर संस्थाको विकास र विस्तारमा सहयोग पु¥याउँदै आएका संचालक समितिका सदस्य एवं पूर्व कोषाध्यक्ष तिर्थ महर्जन तथा साधारण सदस्य मचाम महर्जनलाई लाईफटाईम अचिभमेन्ट अवार्डले सम्मान गरेको छ । उनीहरुलाई नगद ५५ हजार ५ सय ५५ र सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेको हो ।

समाजसेवी तथा ब्यायाम मन्दिरका मानार्थ सदस्य श्री विद्या सागर तुलाधरको तर्फबाट संस्थाको विकास र विस्तारमा सहयोग पु¥याउने साधारण सदस्य द्वय विजय श्रेष्ठ र कृष्ण सिंह शाहीलाई नगद २० हजार सहित सम्मानपत्रले सम्मान गरेको छ ।

ब्यायाम मन्दिरको विकासमा लामो समयदेखि योगदान पु¥याउँदै आएको ब्यक्तित्वहरुको सन्ततीहरुलाई सम्मान गर्ने क्रममा आजीवन सदस्य बर्ष बहादुर श्रेष्ठका छोरा साधारण सदस्य राजन कुमार श्रेष्ठ, उपाध्यक्ष दिनेश राजभण्डारीकी छोरी परिशा राजभण्डारी, संचालक समितीका सदस्य तिर्थ महर्जनका छोरा सुविन महर्जन र पूर्व अध्यक्ष उदय बहादुर श्रेष्ठकी छोरी लुना श्रेष्ठलाई नगद १० हजार सहित सन्तती आवार्ड सम्मानपत्रले सम्मान गरेको हो । उनीहरुले राज्य तथा खेलकुद क्षेत्रको विभिन्न क्षेत्रमा योगदान पु¥याउँदै आएका छन् ।

यसैगरि सम्मानित हुने अन्यमा १६ औं धर्मश्रीका टोली ब्यवस्थापक सुन्दर पोडे, संजीव श्रेष्ठ र अर्जुन बर्णवाल, सहयोगीहरु अशोक शाही, रविन्द्र श्रेष्ठ, केदार स्थापित, प्रदीप बाँनिया तथा विजय बज्राचार्य रहेका छन् ।

सम्मानित ब्यक्तित्वहरुलाई बागमती प्रदेशकी हालै निर्वाचित साँसद एवं पूर्व काठमाण्डौ महानगरपालिका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, ब्यायाम मन्दिर संचालक समितिका संयोजक प्रथम मि. नेपाल शिवलाल श्रेष्ठ, अध्यक्ष नारायण प्रधान लगायतले नगद, सम्मानपत्र, दोसल्ला र खादा ओडाएर सम्मान गरेका थिए ।

संघका अध्यक्ष नारायण प्रधानको सभापतित्वमा आयोजित साधारण सभाका दौरान महासचिव सूर्य प्रसाद जोशीद्वारा प्रस्तुल बार्षिक कार्यप्रगती विवरण र कोषाध्यक्ष प्रशान्त सिंहद्वारा प्रस्तुत आर्थिक बर्ष २०७८÷७९ को आयब्यय विवरणमा छलफल तथा प्रश्नोत्तोर गरि पारित गरियो ।

LiNing Ad
ब्यायाम मन्दिरद्वारा खेलकुद पत्रकार सहित विभिन्न ब्यक्तित्वहरुलाई सम्मान

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हिमालयन च्यालेन्जर्स क्लासिकल चेस सुरु

हिमालयन च्यालेन्जर्स क्लासिकल चेस सुरु

एनकेएल ‘प्लेयर ट्रायल्स’मा १८० खेलाडी

एनकेएल ‘प्लेयर ट्रायल्स’मा १८० खेलाडी

तेन्जिङ नोर्गे खुला आरोहण मे २९ मा हुने

तेन्जिङ नोर्गे खुला आरोहण मे २९ मा हुने

Bajaj Pulsar Motorcycle Ad
हिमालयन च्यालेन्जर्स क्लासिकल चेस सुरु

हिमालयन च्यालेन्जर्स क्लासिकल चेस सुरु

 अञ्जन र सनिशले बंगलादेशी क्लब छाडे

अञ्जन र सनिशले बंगलादेशी क्लब छाडे

एनकेएल ‘प्लेयर ट्रायल्स’मा १८० खेलाडी

एनकेएल ‘प्लेयर ट्रायल्स’मा १८० खेलाडी

राजपुरको जितमा नारायण नायक

राजपुरको जितमा नारायण नायक

सम्झना र पूजाको सानादर ब्याटिङसँगै नेपालको रोमाञ्चक जित

सम्झना र पूजाको सानादर ब्याटिङसँगै नेपालको रोमाञ्चक जित

तेन्जिङ नोर्गे खुला आरोहण मे २९ मा हुने

तेन्जिङ नोर्गे खुला आरोहण मे २९ मा हुने

मनीषको गोल व्यर्थ

मनीषको गोल व्यर्थ

बिरेन चम्किँदा आँगनको सानदार जित

बिरेन चम्किँदा आँगनको सानदार जित