नेपालको लगातार तेस्रो हार

काठमाडौं । बगबंन्धु एसियन यू-२३ सेन्ट्रल एसियन जोन अन्तराष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ ।
ढाकामा शनिबार किर्गिस्तानसँग पराजित हुँदै नेपालले लगातार तेस्रो हार व्यहोरेको हो ।
पाँच सेटमा पुगेको प्रतिस्पर्धात्मक खेलमा नेपालले ३-२ को सेटमा हार व्यहोरेको हो ।
पहिलो सेट किर्गिस्तानले २५-१६ ले जितेको थियो । दोस्रो सेटमा नेपालले २५-२३ को जित निकाल्यो ।
तेस्रो सेटमा किर्गिस्तानले २५-१७ ले जित्दा चौंथो सेट नेपालले २५-१९ ले जितेको थियो ।
तर, अन्तिम तथा पाँचौं सेट किर्गिस्तानले १५-६ ले जित्दै खेल आफ्नो पक्षमा पारेको हो ।
नेपालले यस अघि दुई खेलमा हार व्यहोरेको थियो ।
पहिलो खेलमा नेपाल आयोजक बंगलादेश र दोस्रो खेलमा श्रीलंकासँग सोझो सेटमा पराजित भएको हो ।
च्याम्पियनसिपमा आयोजक बंगलादेशसहित नेपाल, किर्गिस्तान र श्रीलंकाको सहभागीता रहेको छ ।
नेपालले च्याम्पियनसिपको सेमिफाइनल खेल भोलि आइतबार खेल्नेछ ।
प्रतियोगितामा चार टोलीको सहभागिता भएको हुनाले चारै टोलीले सेमिफाइनलमा स्थान बनाएका हुन् ।






-1773230362276.jpg&w=3840&q=75)



-1775010144838.webp&w=3840&q=75)

-1775009149402.webp&w=3840&q=75)
-1775008489496.webp&w=3840&q=75)


-1774972470258.webp&w=3840&q=75)