पुरस्कार नपाएपछि बुढासुब्बा गोल्डकपविरुद्ध मनाङको उजुरी
शुक्रबार, ०८ पौष २०७९खेलपाटी संवाददाता

फाइल तस्बिर
काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबले बुढासुब्बा गोल्डकपविरुद्ध शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) मा उजुरी दिएको छ ।
मनाङले पुरस्कार रकम नपाएपछि बुढासुब्बा गोल्डकप आयोजक धरान फुटबल क्लबविरुद्ध एन्फामा उजुरी दिएको हो ।
मनाङले २२ औं संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि जितेको थियो ।
तर, मनाङले तीन वर्ष बितिसक्दा समेत उपाधि रकम ७ लाख पाएको छैन ।
धरान फुटबल क्लबले पोखरामा आयोजना हुने २२ औं आहा रारा पोखरा गोल्डकपमा सहभागिता जनाउने जानकारी गराउदै मनाङले पुरस्कार रकम नदिएसम्म धरानलाई आहा रारा खेल्नबाट बन्चित गराउन एन्फालाई आग्रह समेत गरेको छ ।

पुरस्कार नपाएपछि बुढासुब्बा गोल्डकपविरुद्ध मनाङको उजुरी










-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)



-1770487281088.png&w=3840&q=75)
