नेपालले आज श्रीलंकाको सामना गर्दै
शुक्रबार, ०८ पौष २०७९खेलपाटी संवाददाता
काठमाडौं । बगबंन्धु एसियन यू-२३ सेन्ट्रल एसियन जोन अन्तराष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले आज श्रीलंकाको सामना गर्नेछ ।
ढाकामा नेपालले श्रीलंकाको सामना गर्नेछ । खेल नेपाली समय अनुसार २:४५ बजे सुरु हुनेछ ।
नेपाल आज पहिलो जितको योजनामा रहेको छ । श्रीलंका पनि पहिलो जितकै योजनामा रहेको छ ।
बिहीबार भएको पहिलो खेलमा नेपाललाई आयोजक बंगलादेशले ३-० को सोझो सेटमा हराएको थियो ।
श्रीलंका पहिलो खेलमा किर्गिस्तानसँग पराजित भएको थियो ।
च्याम्पियनसिपमा आयोजक बंगलादेशसहित नेपाल, किर्गिस्तान र श्रीलंकाको सहभागीता रहेको छ ।
नेपालले लिग चरणको अन्तिम खेलमा शनिबार किर्गिस्तानसँग खेल्नेछ ।
नेपालले आज श्रीलंकाको सामना गर्दै






-1773230362276.jpg&w=3840&q=75)



-1775010144838.webp&w=3840&q=75)

-1775009149402.webp&w=3840&q=75)
-1775008489496.webp&w=3840&q=75)


-1774972470258.webp&w=3840&q=75)