काराबाओ कप - क्वाटरफाइनल समीकरण पूरा
शुक्रबार, ०८ पौष २०७९खेलपाटी संवाददाता

काठमाडौं । काराबाओ कप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ ।
साविक विजेता लिभरपुललाई हराउँदै म्यानचेस्टर सिटीले क्वाटरफाइनलमा स्थान बनाएसँगै अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो ।
यस पटक म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाईटेड,साउथह्याम्पटन, न्युकासल युनाईटेड, लेस्टर सिटी, उल्भ्स, नटिङघम फरेस्ट र चार्लटन एथ्लेटिकले अन्तिम आठको यात्रा तय गरेका छन् ।
क्वाटरफाइनलमा अब सिटीले साउथह्याम्पटनको सामना गर्नेछ ।
युनाईटेडले लिग वान क्लब चार्लटनको सामना गर्दा न्युकासल र लेस्टर सिटीबीच प्रतिस्पर्धा हुनेछ ।
नटिङघम फरेस्टले उल्भ्ससँग क्वाटरफाइनलमा खेल्नेछ ।
काराबाओ कप - क्वाटरफाइनल समीकरण पूरा










-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)


