लिभरपुललाई हराउँदै सिटी क्वाटरफाइनलमा
शुक्रबार, ०८ पौष २०७९खेलपाटी संवाददाता

काठमाडौं । म्यानचेस्टर सिटी काराबाओ कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार राति साविक विजेता लिभरपुललाई ३-२ गोल अन्तरले हराउँदै सिटी क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
रोमान्चक खेलको १० औं मिनेटमा अर्लिङ हालाण्डले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।
२० औं मिनेटमा फाबियो कार्भाल्होले गोल गर्दै लिभरपुल लाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ४७ औं मिनेटमा रियाद महरेजले गोल गर्दै सिटीलाई फेरि २-१ को अग्रता दिलाए ।
लगत्तै ४८ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई २-२ को बराबरीमा ल्याए ।
त्यसपछि खेलको ५८ औं मिनेटमा नाथन एकेले गोल गर्दै सिटीलाई ३-२ को जित दिलाए ।
अब सिटीले क्वाटरफाइनलमा साउथह्याम्पटनको सामना गर्नेछ ।
लिभरपुललाई हराउँदै सिटी क्वाटरफाइनलमा










-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)


